१८ आश्विन २०८१, शुक्रबार
,
Latest
गाजामा बन्धक बनाइएका ६४ जनाको अवस्था अज्ञात, जीवित रहेको कुनै प्रमाण छैन त्रिभूवन विमानस्थलको सेवामा सुधार ल्याउन पर्यटनमन्त्रीको निर्देशन पूर्वराजा शाह र भुटानी राजाबीच भेट ‘कसरी घर जाने बाटोको अवस्था यस्तो छ’ सहकारी पीडितलाई न्याय दिने भन्दा पनि रविलाई कसरी फसाउने भन्ने नियतमा संसदीय समिति बनाइयो- रवि… सहकारीको रकम अपचलनमा मेरो संलग्नता नभेटिएपछि षड्यन्त्र गर्दैछन्: रवि लामिछाने प्रचण्डद्वारा यातायात क्षेत्रका प्रतिनिधिसँग छलफल, समस्या समाधानका लागि पहल लिने प्रतिबद्धता महँगी र कालोबजारी नियन्त्रण गर्न रास्वपा रुपन्देहीको सरकारलाई ध्यानाकर्षण विराटनगरमा ट्रकको ठक्करबाट साइकलयात्री वृद्धको मृत्यु, आइसीपी रोड तनावग्रस्त मनाङमा पर्यटकको चहलपहल बढ्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्रमण वर्ष सफल बनाउन उपत्यकाका सफाइ अभियान चलाइने



अ+ अ-

काठमाडौँ । नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन उपत्यकाका सम्पदास्थलमा पैदल यात्रासहित सफाइ अभियान चलाइने भएको छ । ‘बेटर नेपाल’ नामक सामाजिक संस्थाको संयोजनमा पुस १२ गते शनिबारदेखि सम्पदा पैदलयात्रा एवं सफाइ अभियान शुरु गर्न लागिएको हो ।

अभियानमा राजनीतिक दलका शीर्ष नेता, पर्यटन व्यवसायी, खेलाडी, कलाकारलगायत अभियानकर्मी सहभागी हुने ‘वेटर नेपाल’ का अध्यक्ष माला खरेलले राससलाई जानकारी दिनुभयो । पुस १२ गते शनिबारदेखि चार हप्तासम्म अर्थात् माघ ४ गतेसम्म यो अभियान चलाइनेछ । पुस १२ गते शनिबार पशुपतिबाट वसन्तपुरसम्म पैदलयात्रासहित सफाइ गरिनेछ ।

कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपाल, कीर्तिमानी धावक वैकुण्ठ मानन्धरलगायत सहभागी हुनुहुनेछ । कीर्तिमानी धावक मानन्धर उपत्यकाका सबै स्थानमा हुने पैदलयात्रामा सहभागी हुनुहुनेछ ।

पुस १९ गते शनिबार माइतीघर मण्डलाबाट स्वयम्भूसम्म सम्पदा यात्रासहित सफाइ गरिनेछ । मण्डलाबाट शुरु हुने पदयात्रासहितको सफाइ कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता एवं सांसद गगनकुमार थापालगायत सहभागी हुनुहुने जनाइएको छ । पुस २६ गते ललितपुर जिल्लाका सम्पदामा पैदलयात्रासहित सफाइ गरिनेछ । यो कार्यक्रममा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको नेतृत्वमा यात्रासहित सफाइ गरिनेछ ।

माघ ४ गते शनिबार भक्तपुर जिल्लाका सम्पदामा पैदलयात्रासहित सफाइ अभियान चलाइनेछ । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईसहित अभियानकर्मीको सहभागिता रहने जनाइएको छ । हालसम्म चारवटै सम्पदा पदयात्रा एवं सफाइ अभियानमा सहभागी हुन २५ वटा संस्थाले नाम लेखाएको अध्यक्ष खरेलले बताउनुभयो ।

भ्रमण वर्षको शुरुआतमा सम्पदा क्षेत्रमा सफाइ गरी चिटिक्क देखाउन अभियानकर्मीसहित नागरिकस्तरबाट यो कार्यक्रम आयोजना गर्न लागिएको हो । कार्यक्रममा सहभागी हुन स्थानीय तहका जनप्रतिनिधि, पर्यटन व्यवसायी, स्थानीयवासी लगायतलाई सार्वजनिकरुपमा आह्वान गरिएको जनाइएको छ । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ । यस वर्ष २० लाखभन्दा बढी बाह्य पर्यटक भित्र्याउने लक्ष्य छ । लक्ष्य पूरा गर्न नागरिकस्तरबाट यस्ता अभियान गरिनु आवश्यक रहेको अभियानकर्मीले जनाएका छन् ।