१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar ज्येष्ठ नागरिकलाई ज्ञान र अनुभवको सामाजिक सम्पदाका रूपमा सम्मान गर्नुपर्छ : मन्त्री बादी News Polar जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार लागुऔषध मुद्दाका प्रतिवादी पुनः पक्राउ News Polar दसैँअघि नै बर्दिया–कैलालीका उखु किसानले बक्यौता पाउने News Polar सुनसरीमा ५६४ किलो गाँजासहित सुमो बरामद, चालक फरार News Polar अडियो प्रकरणमा कृषिमन्त्री चौधरी : ‘व्यक्तिगत र पारिवारिक कुनै सम्बन्ध छैन’ News Polar ‘आफ्नै खेत बगेको भन्दा वडा भवन ढलेकामा दुःख लागेको छ ’ News Polar सह–पाइलटको आक्रमणपछि भारतीय पाइलटको प्रशंसा News Polar उपभोक्ताका रोजाइमा साल्ट ट्रेडिङद्वारा सञ्चालित सुपथ मूल्य पसल News Polar एसियाली खेलकुद : जुडोमा पुनम पराजित News Polar स्पष्ट कार्ययोजनासहित काम गर्न गेटा विश्वविद्यालय प्रशासनलाई आग्रह News Polar खोलामा पुल बन्यो, जाने बाटो छैन News Polar शरद ऋतुः ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति News Polar अधिवेशनमा सक्रिय सहभागिताका लागि पूर्वसभापति देउवाको अपिल News Polar वामपन्थी नेता बस्नेतको निधनले एमालेका केन्द्रीय सदस्यको सपथ ग्रहण स्थगित News Polar बाढी प्रभावित गल्छी –बैरेनीका १८० घरधुरीमा पुनःखानेपानी सेवा : स्थानीयवासी खुसी News Polar पहिरोमा परी बेपत्ता महिलाको शव फेलाः मृतकको सङ्ख्या १३ पुग्यो News Polar बाढीले क्षतिग्रस्त बेनी–जोमसोम सडक मर्मत सुरु News Polar शिक्षा क्षेत्रमा नीतिगत सुधारदेखि ‘डिजिटल’ सेवा विस्तारसम्म News Polar सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै News Polar अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज

आँखा उपचारमा नेपालीको पहुँच बढ्दो

आँखा उपचारमा नेपालीको पहुँच बढ्दो
अ अ+ अ-

नेपालगञ्ज । नेपालमा अन्धोपन निवारणका लागि भिजन ट्वान्टी–ट्वान्टी कार्यक्रम सञ्चालन भएपछि आँखा उपचार सेवामा सबै नेपालीको पहुँच क्रमशः बढ्दै गएको छ । कार्यक्रमअन्तर्गत नेपालका विभिन्न स्थानमा आँखा अस्पताल र उपचार केन्द्र सञ्चालनमा आएपछि आँखा रोगको समस्या झण्डै आधा घटेको नेपाल नेत्र ज्योति सङ्घ बाँकेका अध्यक्ष रतनकुमार टण्डनले बताउनुभयो ।

संयुक्त राष्ट्र सङ्घले ‘दृष्टिका लागि अधिकार’ नारासहित भिजन ट्वान्टी–ट्वान्टी कार्यक्रम तर्जुमा गरेपछि नेपालले अनुमोदनपत्रमा हस्ताक्षर गरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमार्फत मुलुकभरि कार्यक्रम सञ्चालन हुँदै आएको छ ।

सन् २०२० सम्म सञ्चालन हुने कार्यक्रमका लागि मन्त्रालयले नेपाल नेत्र ज्योति सङ्घ, तिलगङ्गा आँखा केन्द्र र आँखा उपचारका क्षेत्रमा कार्यरत विभिन्न सरकारी तथा गैरसरकारी निकायलाई सहयोगी संस्थाका रूपमा स्वीकार गरेको छ ।

भिजन ट्वान्टी–ट्वान्टीले मोतियाविन्दु, जलविन्दु, खस्रे रोगको उपचार, बालबालिकामा हुने अन्धोपन न्यूनीकरण, चस्माको जाँच, न्यून दृष्टि सेवा, मधुमेहका कारण आँखाको दृष्टिमा पर्ने असरको उपचार गर्नाका साथै आँखा रेखदेखसम्बन्धी चेतनामूलक कार्यक्रमलाई समेटेको नेपाल नेत्र ज्योति सङ्घ बाँकेका अध्यक्ष टण्डनले जानकारी दिनुभयो ।

नेपालमा आँखाका समस्या भएका नागरिकमध्ये ९० प्रतिशत ग्रामीण भेगका छन् भने ७२ प्रतिशत मोतियाविन्दुको समस्याबाट प्रभावित छन् । आँखाका विभिन्न रोगबाट पीडितमध्ये ८० प्रतिशतको रोग निको गर्न सकिने पछिल्लो पटक गरिएको सर्वेक्षणले देखाएको छ ।

अध्यक्ष टण्डनका अनुसार नेपालका अन्य क्षेत्रको तुलनामा पश्चिम क्षेत्रका जिल्लाका नागरिकमा सबैभन्दा बढी आँखा रोगको समस्या देखापरेको छ । यही अवस्थालाई दृष्टिगत गरी सङ्घअन्तर्गतको नेपालगञ्जस्थित फत्तेबाल आँखा अस्पतालले सुर्खेतको मेहलकुना, दैलेखको दुल्लु, डोल्पाको जुफाल र बर्दियाको सानोश्री, जयनगर, भुरीगाउँ, राजापुर र बाँसगढीमा गरी आठवटा आँखा उपचार केन्द्र सञ्चालनमा ल्याएको छ ।

यसैबीच, शनिबार यहाँ आयोजित नेपाल नेत्र ज्योति सङ्घ, बाँकेको २६औँ जिल्ला सभामा नेपालगञ्जस्थित फत्तेबाल आँखा अस्पतालमा वार्षिक डेढ लाख आँखाका बिरामीको उपचार गरिएको तथ्याङ्क प्रस्तुत गरिएको थियो । तथ्याङ्कअनुसार त्यस अवधिमा अस्पतालले साढे दुई लाख जनाको आँखाको शल्यक्रिया गरेको छ ।

अस्पतालमा प्रमुख कौशलकुमार वर्माका अनुसार ३३ वर्षको अवधिमा अस्पतालले झण्डै २१ लाख बिरामीको आँखा जाँच गरेको छ । यसका साथै अस्पतालमा विभिन्न समयमा अलग÷अलग स्थानमा सञ्चालन गरिएको शिविरमा १३ हजारभन्दा बढीको आँखा जाँच र ५०० जनाको शल्यक्रिया गरेको जनाइएको छ ।

तेत्तीस वर्षअघि ९२०४३ फागनु ११ गते० १० श्ययाबाट शुरु भएको यो अस्पताल हाल २५० श्ययाको भएको छ । अस्पतालले पूर्णकालीन ओपीडी, पेयिङ क्लिनिक, फास्ट ट्र्याक शल्यक्रिया, औषधि र चस्माको उपलब्धता, प्याथोलोजी, नेत्र सहायकस्तरको जनशक्ति उत्पादन तथा कलेज सञ्चालन गर्दै आएको छ ।