१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar ट्रम्पद्वारा भारतीय पाइलटको प्रशंसा News Polar ज्येष्ठ नागरिकलाई ज्ञान र अनुभवको सामाजिक सम्पदाका रूपमा सम्मान गर्नुपर्छ : मन्त्री बादी News Polar जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार लागुऔषध मुद्दाका प्रतिवादी पुनः पक्राउ News Polar दसैँअघि नै बर्दिया–कैलालीका उखु किसानले बक्यौता पाउने News Polar सुनसरीमा ५६४ किलो गाँजासहित सुमो बरामद, चालक फरार News Polar अडियो प्रकरणमा कृषिमन्त्री चौधरी : ‘व्यक्तिगत र पारिवारिक कुनै सम्बन्ध छैन’ News Polar ‘आफ्नै खेत बगेको भन्दा वडा भवन ढलेकामा दुःख लागेको छ ’ News Polar सह–पाइलटको आक्रमणपछि भारतीय पाइलटको प्रशंसा News Polar उपभोक्ताका रोजाइमा साल्ट ट्रेडिङद्वारा सञ्चालित सुपथ मूल्य पसल News Polar एसियाली खेलकुद : जुडोमा पुनम पराजित News Polar स्पष्ट कार्ययोजनासहित काम गर्न गेटा विश्वविद्यालय प्रशासनलाई आग्रह News Polar खोलामा पुल बन्यो, जाने बाटो छैन News Polar शरद ऋतुः ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति News Polar अधिवेशनमा सक्रिय सहभागिताका लागि पूर्वसभापति देउवाको अपिल News Polar वामपन्थी नेता बस्नेतको निधनले एमालेका केन्द्रीय सदस्यको सपथ ग्रहण स्थगित News Polar बाढी प्रभावित गल्छी –बैरेनीका १८० घरधुरीमा पुनःखानेपानी सेवा : स्थानीयवासी खुसी News Polar पहिरोमा परी बेपत्ता महिलाको शव फेलाः मृतकको सङ्ख्या १३ पुग्यो News Polar बाढीले क्षतिग्रस्त बेनी–जोमसोम सडक मर्मत सुरु News Polar शिक्षा क्षेत्रमा नीतिगत सुधारदेखि ‘डिजिटल’ सेवा विस्तारसम्म News Polar सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै

भारतीय राजदूतावासद्वारा छात्रावास भवननिर्माण

भारतीय राजदूतावासद्वारा छात्रावास भवननिर्माण
अ अ+ अ-

काठमाडौं । भारतीय राजदूतावासले शसस्त्र प्रहरी बल बिद्यालयका छात्राहरुको लागी छात्राबास भबनको निर्माण सम्पन्न गरी हस्तान्तरण गरेको छ ।

भारतीय दुताबासका नियोग उप–प्रमुख डा. अजय कुमारले आईतबार काठमाडौं जिल्लाको कीर्तिपुरस्थित नेपाल ए.पी.एफ.स्कुलका छात्राका लागि निर्माण गरिएको छात्रावास भवनको औपचारिक रुपमा उद्घाटन गर्नुभयो । भबन उद्घाटन तथा हस्तान्तरण समारोहमा सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक रामशरण पौडेल किर्तिपुर नगरपालीका का प्रमुख रमेश महर्जन उपमेयर सरस्बती खड्का लगायतका सामुदायिक नेतृत्वकर्ताहरुको उपस्थिति रहेको थियो ।

सन् २००५ मा स्थापित नेपाल ए.पी.एफ.स्कुल नेपाल सशस्त्र प्रहरी बल अन्तर्गत रहेको सशस्त्र प्रहरी बल कल्याणकारी सेवा केन्द्रद्वारा निर्माण गरिएको शैक्षिक संस्था हो ।

यो विद्यालय काठमाडौंको कीर्तिपुर नगरपालिका चम्पादेवी–७ मा रहेको छ जसमा २१ प्रतिशत भन्दा बढी छात्राहरु रहेका छन् । यो परियोजनाको कार्यान्वयन नेपाल सशस्त्र प्रहरी बलले गरेको हो ।

भारत सरकारको ४.०४२ करोड नेपाली रुपैंया अनुदान सहयोगमा निर्मित यस दई तल्ले नयाँ संरचनामा वार्डेनका लागि एउटा छुट्टै कक्ष, शयन कक्ष, प्रत्येक तलामा छात्राका लागि फर्निचरका साथै स्नानघर, सरसफाईको सुविधा सहित ३२ वटा कोठाहरु रहेका छन् ।

यस नवनिर्मित संरचनाले विद्यार्थीहरुको सिकाई वातावरणलाई अभिवृद्धि गर्ने अपेक्षा भारतीय दुताबासले गरेको छ । भारत सरकार यस परियोजनासँग जोडिन पाएकोमा खुशी भएको उल्लेख गर्दे दुताबासले शिक्षाको क्षेत्रमा पूर्वाधार अभिवृद्धि गर्न नेपाल सरकारले गरेको प्रयासको सराहना समेत गरेको छ ।