१८ आश्विन २०८१, शुक्रबार
,
Latest
गाजामा बन्धक बनाइएका ६४ जनाको अवस्था अज्ञात, जीवित रहेको कुनै प्रमाण छैन त्रिभूवन विमानस्थलको सेवामा सुधार ल्याउन पर्यटनमन्त्रीको निर्देशन पूर्वराजा शाह र भुटानी राजाबीच भेट ‘कसरी घर जाने बाटोको अवस्था यस्तो छ’ सहकारी पीडितलाई न्याय दिने भन्दा पनि रविलाई कसरी फसाउने भन्ने नियतमा संसदीय समिति बनाइयो- रवि… सहकारीको रकम अपचलनमा मेरो संलग्नता नभेटिएपछि षड्यन्त्र गर्दैछन्: रवि लामिछाने प्रचण्डद्वारा यातायात क्षेत्रका प्रतिनिधिसँग छलफल, समस्या समाधानका लागि पहल लिने प्रतिबद्धता महँगी र कालोबजारी नियन्त्रण गर्न रास्वपा रुपन्देहीको सरकारलाई ध्यानाकर्षण विराटनगरमा ट्रकको ठक्करबाट साइकलयात्री वृद्धको मृत्यु, आइसीपी रोड तनावग्रस्त मनाङमा पर्यटकको चहलपहल बढ्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय राजदूतावासद्वारा छात्रावास भवननिर्माण



अ+ अ-

काठमाडौं । भारतीय राजदूतावासले शसस्त्र प्रहरी बल बिद्यालयका छात्राहरुको लागी छात्राबास भबनको निर्माण सम्पन्न गरी हस्तान्तरण गरेको छ ।

भारतीय दुताबासका नियोग उप–प्रमुख डा. अजय कुमारले आईतबार काठमाडौं जिल्लाको कीर्तिपुरस्थित नेपाल ए.पी.एफ.स्कुलका छात्राका लागि निर्माण गरिएको छात्रावास भवनको औपचारिक रुपमा उद्घाटन गर्नुभयो । भबन उद्घाटन तथा हस्तान्तरण समारोहमा सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक रामशरण पौडेल किर्तिपुर नगरपालीका का प्रमुख रमेश महर्जन उपमेयर सरस्बती खड्का लगायतका सामुदायिक नेतृत्वकर्ताहरुको उपस्थिति रहेको थियो ।

सन् २००५ मा स्थापित नेपाल ए.पी.एफ.स्कुल नेपाल सशस्त्र प्रहरी बल अन्तर्गत रहेको सशस्त्र प्रहरी बल कल्याणकारी सेवा केन्द्रद्वारा निर्माण गरिएको शैक्षिक संस्था हो ।

यो विद्यालय काठमाडौंको कीर्तिपुर नगरपालिका चम्पादेवी–७ मा रहेको छ जसमा २१ प्रतिशत भन्दा बढी छात्राहरु रहेका छन् । यो परियोजनाको कार्यान्वयन नेपाल सशस्त्र प्रहरी बलले गरेको हो ।

भारत सरकारको ४.०४२ करोड नेपाली रुपैंया अनुदान सहयोगमा निर्मित यस दई तल्ले नयाँ संरचनामा वार्डेनका लागि एउटा छुट्टै कक्ष, शयन कक्ष, प्रत्येक तलामा छात्राका लागि फर्निचरका साथै स्नानघर, सरसफाईको सुविधा सहित ३२ वटा कोठाहरु रहेका छन् ।

यस नवनिर्मित संरचनाले विद्यार्थीहरुको सिकाई वातावरणलाई अभिवृद्धि गर्ने अपेक्षा भारतीय दुताबासले गरेको छ । भारत सरकार यस परियोजनासँग जोडिन पाएकोमा खुशी भएको उल्लेख गर्दे दुताबासले शिक्षाको क्षेत्रमा पूर्वाधार अभिवृद्धि गर्न नेपाल सरकारले गरेको प्रयासको सराहना समेत गरेको छ ।