८ भाद्र २०८३, सोमबार
,
Latest
नेपाली श्रमिकको प्रहरी चारित्रिक प्रमाणपत्र प्रक्रिया सहज बनाउन युएईसँग छलफल सचेत वा नसियत पाएका व्यक्ति बैंकको सञ्चालक बन्न पाउने गरी ‘बाफिया’ संशोधन गरिँदै पूर्वाधार विकासका लागि १५ वर्षे मास्टर प्लान आवश्यक : अध्यक्ष पाण्डे निजी क्षेत्रलाई ‘ड्राइभिङ सिट’मा राखेर पूर्वाधार विकास गर्नुपर्ने : चेम्बर अध्यक्ष अग्रवाल अबदेखि साउन १ गते मौद्रिक नीति सार्वजनिक गर्ने तयारी बलात्कारपछि हत्याका घटना रोक्न कानून संशोधन गर्न राप्रपा नेता शाहीको माग बाफियामा संशोधन गरी बैंकिङ क्षेत्रका समस्या सम्बोधन गर्न सांसद अधिकारीको माग सरकारको प्रभाव र जनविश्वास घट्दै गएको अमरेश सिंहको दाबी गरिमा चौधरी हत्या प्रकरण : बयानको भिडियो सार्वजनिक गरेको आरोपमा प्रहरी पक्राउ जेब्रा क्रसिङमै नागरिक असुरक्षित, दुर्घटनाका दोषीलाई कारबाही गर्न महरको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

भयावह मूल्यवृद्धि रोक्न पेट्रोलियम पदार्थको मूल्यमा सहुलियत दिन कांग्रेस महामन्त्री पौडेलको आग्रह



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले मध्यपूर्वमा देखिएको द्वन्द्वको असरस्वरुप देशमा महँगी वृद्धिको भयावह समस्या देखिन सक्ने भन्दै त्यसलाई रोक्न पेट्रोलियम पदार्थमा सहुलियत दिन सरकारसँग आग्रह गरेका छन् ।

यो समस्या केही समयका लागि रहिरहने सङ्केत देखिएको भन्दै उनले यसले यातायात मात्र नभएर सबैतिर यसकै बहानामा भयावह मूल्यवृद्धि हुने खतरा औंल्याए ।

“विगत केही दिनदेखि मध्यपूर्वका देशमा भएका घटनाले हामीलाई प्रभाव पार्ने दखिएको छ । मोटरसाइकल चढेर हिंड्नेदेखि दुध लिएर घर जानेसम्मका जोकोहीको पनि खर्च बढेको छ,”उनले भने,”सबैतिर पेट्रोलियमको मूल्यवृद्धिलाई देखाएर मूल्यवृद्धि भयावह हुने सम्भावना बढेर गएको छ ।”

सामाजिक सञ्जालमार्फत भिडियो वक्तव्य जारी गरेका उनले यो समस्या केही समयका लागि रहिरहने सङ्केत देखिएको भन्दै उनले यस आधारमा सरकारले केही समय पेट्रोलियम पदार्थमा सहुलियत दिएर मूल्यलाई स्थिर राख्नुपर्ने बताए ।

“यो समस्या केही समयका लागि रहिरहने शंकेत देखिएको छ । यस आधारमा सरकारले पेट्रोलियम पदार्थमा केही समय सम्म सहुलियत दिनुपर्छ र मूल्यलाई स्थिर बनाउनुपर्छ,”उनले भने ।

महामन्त्री पौडेलले वैकल्पिक उर्जाको प्रयोगमा सरकारले नागरिकलाई सचेत समेत बनाउनुपर्ने भन्दै भान्सामा प्रयोग भैरहने एलपी ग्यासको सट्टा अब इन्डक्सन प्रयोगलाई प्रोत्साहित गर्न आग्रह गरे ।

“वैकल्पिक उर्जाबाट चल्ने गाडीमा प्रोत्साहित गर्नुपर्छ । यस्तै वैकल्पिक उर्जाको प्रयोगबाट पेट्रोलियम पदार्थको उपभोग न्यूनीकरण गर्न सकिने सबै स्थिति प्रयोगमा ल्याउन सक्नुपर्छ,”उनले भने ।

पेट्रोलमा भएको मूल्यवृद्धि कारण महँगी बढ्ने खतरा रहेको र त्यसलाई रोक्न सक्नुपर्ने भन्दै उनले बजार अनुगमन गरेर कालोबजारी हुन नदिन आग्रह गरे ।

“कालोबजारी हुन नदिने उपभोग्य सामग्री संग्रह गरेर राख्ने र उपभोक्तालाई दुःख दिने प्रवृत्तिलाई पूर्ण रूपमा निरुत्साहित गर्न सरकारले सक्नुपर्छ,” उनले भने ।

आफूले सुझाएका सतर्कताका उपाय अपनाउन सकिएमा अप्ठ्यारो अवस्थामा पनि जनवीवन सामान्य हुन सक्ने उनले बताए ।
“सम्भाव्य अप्ठ्याराहरू अनुमान गरेर जनजीवन सामान्य बनाउनका निम्ति कार्यक्रम तय गरेर कार्यान्वयन गर्न म सरकारलाई विनम्र अनुरोध गर्न चाहन्छु,” महामन्त्री पौडेलले भनेका छन् ।