१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar ट्रम्पद्वारा भारतीय पाइलटको प्रशंसा News Polar ज्येष्ठ नागरिकलाई ज्ञान र अनुभवको सामाजिक सम्पदाका रूपमा सम्मान गर्नुपर्छ : मन्त्री बादी News Polar जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार लागुऔषध मुद्दाका प्रतिवादी पुनः पक्राउ News Polar दसैँअघि नै बर्दिया–कैलालीका उखु किसानले बक्यौता पाउने News Polar सुनसरीमा ५६४ किलो गाँजासहित सुमो बरामद, चालक फरार News Polar अडियो प्रकरणमा कृषिमन्त्री चौधरी : ‘व्यक्तिगत र पारिवारिक कुनै सम्बन्ध छैन’ News Polar ‘आफ्नै खेत बगेको भन्दा वडा भवन ढलेकामा दुःख लागेको छ ’ News Polar सह–पाइलटको आक्रमणपछि भारतीय पाइलटको प्रशंसा News Polar उपभोक्ताका रोजाइमा साल्ट ट्रेडिङद्वारा सञ्चालित सुपथ मूल्य पसल News Polar एसियाली खेलकुद : जुडोमा पुनम पराजित News Polar स्पष्ट कार्ययोजनासहित काम गर्न गेटा विश्वविद्यालय प्रशासनलाई आग्रह News Polar खोलामा पुल बन्यो, जाने बाटो छैन News Polar शरद ऋतुः ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति News Polar अधिवेशनमा सक्रिय सहभागिताका लागि पूर्वसभापति देउवाको अपिल News Polar वामपन्थी नेता बस्नेतको निधनले एमालेका केन्द्रीय सदस्यको सपथ ग्रहण स्थगित News Polar बाढी प्रभावित गल्छी –बैरेनीका १८० घरधुरीमा पुनःखानेपानी सेवा : स्थानीयवासी खुसी News Polar पहिरोमा परी बेपत्ता महिलाको शव फेलाः मृतकको सङ्ख्या १३ पुग्यो News Polar बाढीले क्षतिग्रस्त बेनी–जोमसोम सडक मर्मत सुरु News Polar शिक्षा क्षेत्रमा नीतिगत सुधारदेखि ‘डिजिटल’ सेवा विस्तारसम्म News Polar सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै

छ वर्षपछि सुल्झियो सडक निर्माणको विवाद

छ वर्षपछि सुल्झियो सडक निर्माणको विवाद
अ अ+ अ-

जाजरकोट । खलङ्गा–पाँचकाटीया–फूलचाउली–बारेकोट हुँदै जुम्ला जोड्ने सडक निर्माणको विवाद सुल्झिएको छ । समयमै वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) नहुँदा र सामुदायिक वनको अवरोधले सडक निर्माणको काम छ वर्षदेखि रोकिएको थियो । सर्वपक्षीय बैठकले सडक निर्माण सञ्चालन गर्ने निर्णय गरेको हो ।

कर्णाली प्रदेशसभा सदस्य गणेशप्रसाद सिंह र जिल्ला समन्वय समितिका प्रमुख मनबहादुर रावलको उपस्थितिमा प्रमुख जिल्ला अधिकारी जनकराज पन्तको अध्यक्षतामा भएको छलफलबाट सडक निर्माणका लागि आवश्यक प्रक्रिया शुरु गर्ने निर्णय गरेको हो । बैठकले सडक डिभिजन, पूर्वाधार विकास कार्यालय र डिभिजन वन कार्यालय लगायतलाई तत्काल निर्माणको काम अगाडि बढाउन आवश्यक निर्देशन दिएको छ । छ वर्षअघिको ठेक्काको म्याद थप गरेर तत्काल निर्माण अघि बढाउन निर्देशन दिइएको प्रदेशसभा सदस्य सिंहले बताउनुभयो  ।

उक्त खण्डको निर्माण अवरुद्ध हुँदा जुम्ला जोड्ने सडक अलपत्र परेको उहाँको भनाइ छ । जाजरकोट–जुम्ला सडकको फूलचाउली खण्डको १८ किलोमिटर निर्माणका लागि सडक डिभिजन कार्यालय, सुर्खेतले २०७० सालमा टेण्डर खोलेको थियो । सडक निर्माणका लागि रौताहा कन्स्ट्रक्सन, उदयपुरले दुई करोड रुपैयाँमा ठेक्का पारे पनि इआइए नहुँदा निर्माण अवरुद्ध भएको थियो । सम्झौताको डेढ वर्षपछि इआइए भएपछि ठेकेदारले काम शुरु गर्न खोजेका थिए । खुर्पा सामुदायिक वन उपभोक्ता समूहले अवरोध गरेपछि लामो समय सडक निर्माण रोकिएको थियो । वन समूहको अवरोधपछि तत्कालीन जिल्ला वन कार्यालयले व्यवसायीलाई सडक निर्माण नगर्न निर्देशन दिएको थियो ।

विवादकै क्रममा सम्झौताको अवधि सकिएको कम्पनीका प्रतिनिधि शान्तबहादुर बस्नेतले बताउनुभयो  । “कार्यक्षेत्रमा वन उपभोक्ताको अवरोध र जिल्ला वन कार्यालयको परिपत्रले काम गर्ने अवस्था आएन”, उहाँले भन्नुभयो, “अवरोधकै बाबजुद पनि १० किलोमिटर सडक निर्माण गरियो, तर वन क्षेत्रमा सडक निर्माणको काम रोकिएको थियो ।”

वन उपभोक्ता समितिको अवरोध हटेपछि थप कार्यका लागि म्याद थप गर्न निवेदन दिए पनि अस्वीकृत भएपछि निर्माण रोकिएको हो । सडक डिभिजन कार्यालय, चौरजहारीले म्याद थपका लागि गरेको सिफारिस सडक विभागले अस्वीकृत गरेका कारण सडक निर्माणको काम पूरा नभएको निर्माण कम्पनीले जनाएको छ ।

उहाँका अनुसार १० किलोमिटर सडक निर्माण गरिएपनि रु २८ लाख मात्र भुक्तानी भएको थियो । “सडक कार्यालयले इआइए गरेर मात्र ठेक्का सम्झौता गर्नुपर्ने थियो”, उहाँले भन्नुभयो, “ठेक्का सम्झौताको सात महिना अवधिलाई नै आधार मानेर म्याद थप नहुँदा सडक निर्माणको काम लामो समयसम्म अलपत्र परेको हो ।”

रौताहा कन्स्ट्रक्सनसँग नै म्याद थप गरी सडक निर्माणको काम तत्काल अगाडि बढाइने सडक डिभिजन कार्यालय, चौरजहारीका इञ्जिनीयर कुशल भुसालले बताउनुभयो  । उक्त ठेक्कामा निर्माण कम्पनीले २६ प्रतिशत भुक्तानी लिएको उहाँले जानकारी दिनुभयो  ।

त्यस्तै पूर्वाधार विकास कार्यालयले आव २०७५/७६ मा उक्त सडकखण्डको थप निर्माणका लागि केशव शाह कन्स्ट्रक्सन सेवासँग सम्झौता गरिसकेको छ । कार्यालयका अनुसार रु दुई करोड ७० लाख रुपैयाँमा बाँकी सडकखण्डको काम गर्ने गरी निर्माण कम्पनीसँग सम्झौता गरिएको हो ।