१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar ट्रम्पद्वारा भारतीय पाइलटको प्रशंसा News Polar ज्येष्ठ नागरिकलाई ज्ञान र अनुभवको सामाजिक सम्पदाका रूपमा सम्मान गर्नुपर्छ : मन्त्री बादी News Polar जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार लागुऔषध मुद्दाका प्रतिवादी पुनः पक्राउ News Polar दसैँअघि नै बर्दिया–कैलालीका उखु किसानले बक्यौता पाउने News Polar सुनसरीमा ५६४ किलो गाँजासहित सुमो बरामद, चालक फरार News Polar अडियो प्रकरणमा कृषिमन्त्री चौधरी : ‘व्यक्तिगत र पारिवारिक कुनै सम्बन्ध छैन’ News Polar ‘आफ्नै खेत बगेको भन्दा वडा भवन ढलेकामा दुःख लागेको छ ’ News Polar सह–पाइलटको आक्रमणपछि भारतीय पाइलटको प्रशंसा News Polar उपभोक्ताका रोजाइमा साल्ट ट्रेडिङद्वारा सञ्चालित सुपथ मूल्य पसल News Polar एसियाली खेलकुद : जुडोमा पुनम पराजित News Polar स्पष्ट कार्ययोजनासहित काम गर्न गेटा विश्वविद्यालय प्रशासनलाई आग्रह News Polar खोलामा पुल बन्यो, जाने बाटो छैन News Polar शरद ऋतुः ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति News Polar अधिवेशनमा सक्रिय सहभागिताका लागि पूर्वसभापति देउवाको अपिल News Polar वामपन्थी नेता बस्नेतको निधनले एमालेका केन्द्रीय सदस्यको सपथ ग्रहण स्थगित News Polar बाढी प्रभावित गल्छी –बैरेनीका १८० घरधुरीमा पुनःखानेपानी सेवा : स्थानीयवासी खुसी News Polar पहिरोमा परी बेपत्ता महिलाको शव फेलाः मृतकको सङ्ख्या १३ पुग्यो News Polar बाढीले क्षतिग्रस्त बेनी–जोमसोम सडक मर्मत सुरु News Polar शिक्षा क्षेत्रमा नीतिगत सुधारदेखि ‘डिजिटल’ सेवा विस्तारसम्म News Polar सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै

पाँच करोड राजश्व सङ्कलन

पाँच करोड राजश्व सङ्कलन
अ अ+ अ-

बारा । प्रदेश नं २ प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाले चालु आर्थिक वर्षको पाँच महिनामा रु चार करोड ८३ लाख ९२ हजार ५०० राजश्व सङ्कलन गरेको छ । आव २०७६/७७ को साउनदेखि मङ्सिरसम्मको पाँच महिनामा ट्रक, बस, कार/जीप/भ्यान, ट्र्याक्टर, मोटरसाइकल र टेम्पोलगायत ७७ हजार ९५१ वटा साना तथा ठूला सवारी साधनलाई कार्वाही गरी रु चार करोड ८३ लाख ९२ हजार ५०० राजश्व सङ्कलन गरेको प्रदेश नं २ प्रदेश ट्राफिक प्रहरी कार्यालय पथथैयाका ट्राफिक प्रहरी प्रमुख तथा ट्राफिक प्रहरी उपरीक्षक योगबहादुर पालले बताउनुभयो ।

चालु आवको पाँच महिनामा २६ हजार ६०६ वटा ट्रकलाई ट्राफिक नियम विपरीत सञ्चालन भएको भन्दै ट्राफिक प्रहरीले गरेको कार्वाहीमा रु एक करोड ८३ लाख ३३ हजार ५०० राजश्व सङ्कलन गरेको कार्यालयले जनाएको छ । त्यसैगरी चालु आवको पाँच महिनामा ६ हजार ६०५ वटा बसलाई ट्राफिक नियम विपरीत सञ्चालन भएको भन्दै ट्राफिक प्रहरीले गरेको कार्वाहीमा रु ४१ लाख ३१ हजार ५०० राजश्व सङ्कलन गरेको कार्यालयले जनाएको छ । कार/जीप/भ्यान नौ हजार ३४३ वटा कार्वाहीमा परेका छन् । ती सवारी साधनबाट रु ५२ लाख ४८ हजार राजश्व सङ्कलन भएको छ । चार हजार ५०६ ट्र्याक्टरबाट रु २५ लाख ९१ हजार, २६ हजार ४५८ मोटरसाइकलबाट रु एक करोड ५४ लाख ९५ हजार ५०० र चार हजार ४३३ टेम्पोबाट रु २५ लाख ९३ हजार राजश्व सङ्कलन गरेको छ ।

साथै चालू आवको पाँच महिनामा प्रदेश नं २ का आठ जिल्लामध्ये सप्तरीमा नौ हजार ६०८ सवारी साधनलाई ट्राफिक नियम विपरीत सञ्चालन भएको भन्दै गरिएको कारवाहीमा ५५ लाख ८१ हजार, सिरहामा १३ हजार ४०० सवारी साधनबाट रु ७७ लाख २४ हजार ५००, धनुषामा १० हजार ८३७ सवारी साधनबाट रु ७० लाख २२ हजार, महोत्तरीमा छ हजार ९६८ सवारी साधनबाट रु ४५ लाख ४२ हजार, सर्लाहीमा नौ हजार ६८ सवारी साधनबाट रु ६२ लाख ६४ हजार, रौतहटमा सात हजार ८६८ सवारी साधनबाट रु ४७ लाख ५० हजार ५००, पर्सामा सात हजार २०० सवारी साधनबाट रु ४३ लाख ४१ हजार राजश्व सङ्कलन हुनाका साथै प्रदेश ट्राफिक प्रहरी कार्यालयसमेत रहेको जिल्ला बारामा प्रदेश ट्राफिक प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयले १३ हजार दुईवटा सवारीसाधनलाई कार्वाही गर्दा रु ८१ लाख ६७ हजार ५०० राजश्व सङ्कलन गरेको प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

पछिल्लो समय प्रदेश नं २ का सबै जिल्लामा ट्राफिक व्यवस्थापनमा निकै सुधार आएको प्रदेश ट्राफिक प्रहरी कार्यालयका ट्राफिक प्रहरी प्रमुख तथा ट्राफिक प्रहरी उपरीक्षक योगबहादुर पालले बताउनुभयो । जनशक्ति अभावमा पनि आफूहरुले सकेको काम गरिरहेको ट्राफिक प्रहरी प्रमुख पालको भनाइ थियो ।