१८ आश्विन २०८१, शुक्रबार
,
Latest
गाजामा बन्धक बनाइएका ६४ जनाको अवस्था अज्ञात, जीवित रहेको कुनै प्रमाण छैन त्रिभूवन विमानस्थलको सेवामा सुधार ल्याउन पर्यटनमन्त्रीको निर्देशन पूर्वराजा शाह र भुटानी राजाबीच भेट ‘कसरी घर जाने बाटोको अवस्था यस्तो छ’ सहकारी पीडितलाई न्याय दिने भन्दा पनि रविलाई कसरी फसाउने भन्ने नियतमा संसदीय समिति बनाइयो- रवि… सहकारीको रकम अपचलनमा मेरो संलग्नता नभेटिएपछि षड्यन्त्र गर्दैछन्: रवि लामिछाने प्रचण्डद्वारा यातायात क्षेत्रका प्रतिनिधिसँग छलफल, समस्या समाधानका लागि पहल लिने प्रतिबद्धता महँगी र कालोबजारी नियन्त्रण गर्न रास्वपा रुपन्देहीको सरकारलाई ध्यानाकर्षण विराटनगरमा ट्रकको ठक्करबाट साइकलयात्री वृद्धको मृत्यु, आइसीपी रोड तनावग्रस्त मनाङमा पर्यटकको चहलपहल बढ्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाँच करोड राजश्व सङ्कलन



अ+ अ-

बारा । प्रदेश नं २ प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाले चालु आर्थिक वर्षको पाँच महिनामा रु चार करोड ८३ लाख ९२ हजार ५०० राजश्व सङ्कलन गरेको छ । आव २०७६/७७ को साउनदेखि मङ्सिरसम्मको पाँच महिनामा ट्रक, बस, कार/जीप/भ्यान, ट्र्याक्टर, मोटरसाइकल र टेम्पोलगायत ७७ हजार ९५१ वटा साना तथा ठूला सवारी साधनलाई कार्वाही गरी रु चार करोड ८३ लाख ९२ हजार ५०० राजश्व सङ्कलन गरेको प्रदेश नं २ प्रदेश ट्राफिक प्रहरी कार्यालय पथथैयाका ट्राफिक प्रहरी प्रमुख तथा ट्राफिक प्रहरी उपरीक्षक योगबहादुर पालले बताउनुभयो ।

चालु आवको पाँच महिनामा २६ हजार ६०६ वटा ट्रकलाई ट्राफिक नियम विपरीत सञ्चालन भएको भन्दै ट्राफिक प्रहरीले गरेको कार्वाहीमा रु एक करोड ८३ लाख ३३ हजार ५०० राजश्व सङ्कलन गरेको कार्यालयले जनाएको छ । त्यसैगरी चालु आवको पाँच महिनामा ६ हजार ६०५ वटा बसलाई ट्राफिक नियम विपरीत सञ्चालन भएको भन्दै ट्राफिक प्रहरीले गरेको कार्वाहीमा रु ४१ लाख ३१ हजार ५०० राजश्व सङ्कलन गरेको कार्यालयले जनाएको छ । कार/जीप/भ्यान नौ हजार ३४३ वटा कार्वाहीमा परेका छन् । ती सवारी साधनबाट रु ५२ लाख ४८ हजार राजश्व सङ्कलन भएको छ । चार हजार ५०६ ट्र्याक्टरबाट रु २५ लाख ९१ हजार, २६ हजार ४५८ मोटरसाइकलबाट रु एक करोड ५४ लाख ९५ हजार ५०० र चार हजार ४३३ टेम्पोबाट रु २५ लाख ९३ हजार राजश्व सङ्कलन गरेको छ ।

साथै चालू आवको पाँच महिनामा प्रदेश नं २ का आठ जिल्लामध्ये सप्तरीमा नौ हजार ६०८ सवारी साधनलाई ट्राफिक नियम विपरीत सञ्चालन भएको भन्दै गरिएको कारवाहीमा ५५ लाख ८१ हजार, सिरहामा १३ हजार ४०० सवारी साधनबाट रु ७७ लाख २४ हजार ५००, धनुषामा १० हजार ८३७ सवारी साधनबाट रु ७० लाख २२ हजार, महोत्तरीमा छ हजार ९६८ सवारी साधनबाट रु ४५ लाख ४२ हजार, सर्लाहीमा नौ हजार ६८ सवारी साधनबाट रु ६२ लाख ६४ हजार, रौतहटमा सात हजार ८६८ सवारी साधनबाट रु ४७ लाख ५० हजार ५००, पर्सामा सात हजार २०० सवारी साधनबाट रु ४३ लाख ४१ हजार राजश्व सङ्कलन हुनाका साथै प्रदेश ट्राफिक प्रहरी कार्यालयसमेत रहेको जिल्ला बारामा प्रदेश ट्राफिक प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयले १३ हजार दुईवटा सवारीसाधनलाई कार्वाही गर्दा रु ८१ लाख ६७ हजार ५०० राजश्व सङ्कलन गरेको प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

पछिल्लो समय प्रदेश नं २ का सबै जिल्लामा ट्राफिक व्यवस्थापनमा निकै सुधार आएको प्रदेश ट्राफिक प्रहरी कार्यालयका ट्राफिक प्रहरी प्रमुख तथा ट्राफिक प्रहरी उपरीक्षक योगबहादुर पालले बताउनुभयो । जनशक्ति अभावमा पनि आफूहरुले सकेको काम गरिरहेको ट्राफिक प्रहरी प्रमुख पालको भनाइ थियो ।