१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar ट्रम्पद्वारा भारतीय पाइलटको प्रशंसा News Polar ज्येष्ठ नागरिकलाई ज्ञान र अनुभवको सामाजिक सम्पदाका रूपमा सम्मान गर्नुपर्छ : मन्त्री बादी News Polar जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार लागुऔषध मुद्दाका प्रतिवादी पुनः पक्राउ News Polar दसैँअघि नै बर्दिया–कैलालीका उखु किसानले बक्यौता पाउने News Polar सुनसरीमा ५६४ किलो गाँजासहित सुमो बरामद, चालक फरार News Polar अडियो प्रकरणमा कृषिमन्त्री चौधरी : ‘व्यक्तिगत र पारिवारिक कुनै सम्बन्ध छैन’ News Polar ‘आफ्नै खेत बगेको भन्दा वडा भवन ढलेकामा दुःख लागेको छ ’ News Polar सह–पाइलटको आक्रमणपछि भारतीय पाइलटको प्रशंसा News Polar उपभोक्ताका रोजाइमा साल्ट ट्रेडिङद्वारा सञ्चालित सुपथ मूल्य पसल News Polar एसियाली खेलकुद : जुडोमा पुनम पराजित News Polar स्पष्ट कार्ययोजनासहित काम गर्न गेटा विश्वविद्यालय प्रशासनलाई आग्रह News Polar खोलामा पुल बन्यो, जाने बाटो छैन News Polar शरद ऋतुः ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति News Polar अधिवेशनमा सक्रिय सहभागिताका लागि पूर्वसभापति देउवाको अपिल News Polar वामपन्थी नेता बस्नेतको निधनले एमालेका केन्द्रीय सदस्यको सपथ ग्रहण स्थगित News Polar बाढी प्रभावित गल्छी –बैरेनीका १८० घरधुरीमा पुनःखानेपानी सेवा : स्थानीयवासी खुसी News Polar पहिरोमा परी बेपत्ता महिलाको शव फेलाः मृतकको सङ्ख्या १३ पुग्यो News Polar बाढीले क्षतिग्रस्त बेनी–जोमसोम सडक मर्मत सुरु News Polar शिक्षा क्षेत्रमा नीतिगत सुधारदेखि ‘डिजिटल’ सेवा विस्तारसम्म News Polar सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै

भ्याटले साना यातायात व्यवसायी मारमा

भ्याटले साना यातायात व्यवसायी मारमा
अ अ+ अ-

बारा । बाराका साना तथा ठूला मालवाहक यातायात व्यवसायीहरु मूल्य अभिवृद्धि कर(भ्याट)मा दर्ता नहुँदा सामान ओसारपसारमा समस्या आएको छ । सरकारले यही पुस १ गतेदेखि ढुवानी भाडामा अनिवार्य भ्याट लागू गरेपछि यातायात व्यवसायीहरुले सामान लोड अनलोड नगर्दा समस्या सिर्जना भएको हो । सरकारले ऐन संशोधनमार्फत चालू आर्थिक वर्षदेखि नै साना तथा ठूला मालवाहक सवारी साधनमा भ्याट अनिवार्य लगाउने निर्णय गरेको थियो ।

यस क्षेत्रबाट दैनिक करिब एक हजारको हाराहारीमा लोड हुने गरेका मालवाहक सवारी साधन अहिले करिब सयवटामात्र लोड हुने गरेको यातायात व्यवसायी खडकप्रसाद मैनालीले बताउनुभयो । भ्याट तथा स्थायी लेखा नम्बर ९प्यान० मा दर्ता नभएका सवारी साधनहरुलाई मालवाहक सामान ओसारपसारमा रोक लगाउने निर्णय गर्नाका साथै भाडा भुक्तानी नगर्न निर्देशन दिएपछि मालवाहक सवारी साधनमा सामान लोड अनलोड नभएको मैनालीको भनाइ छ ।

सरकारले सहजीकरण गरिदिए आफूहरु कर तिर्न तयार रहेको यातायात व्यावसायी मैनालीले बताउनुभयो । भ्याटमा जाने प्रक्रियामा साना यातायात व्यवसायीहरुलाई महासङ्घले कुनै जानकारी नगराएका कारण आफूहरु मारमा परेको स्वतन्त्र चालक समाज नेपालका अध्यक्ष वसन्त शर्माले गुनासो गर्नुभयो । मालवाहक सवारी साधनमा भ्याट लगाउँदा ठूला सवारी साधनलाई असर नपरे पनि आफूहरु निकै मारमा परेको शर्माको भनाइ छ ।

अधिकांश यातायात व्यवसायी सामान्य लेखपढ गर्न नसक्ने भएका कारणसमेत भ्याट कसरी काट्ने तथा खुद्रा वस्तुको बिलिङ कसरी गर्ने भन्ने विषयमा समस्या आउने शर्माको भनाइ छ ।

हाल देशभर २४ वटा मालवाहक यातायात व्यावसायी सङ्घ रहेका छन् भने ती सङ्घमा करिब ६५ हजारभन्दा बढी यातायात व्यवसायीहरु आबद्ध रहेका छन् । उनीहरुले पटक पटक सरकारसँग भ्याट लागू गर्ने विषयमा छलफल गरेको बताएका छन् ।

अर्थमन्त्री डा युवराज खतिवडाले मध्यमार्गी बाटो खोजेर सुरक्षित अवतरण गर्ने बताए पनि सहजता प्रदान गर्न नसकेको भन्दै उनीहरुले पटक पटक आन्दोलनका कार्यक्रमहरुसमेत गरिरहेका छन् ।