१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar ट्रम्पद्वारा भारतीय पाइलटको प्रशंसा News Polar ज्येष्ठ नागरिकलाई ज्ञान र अनुभवको सामाजिक सम्पदाका रूपमा सम्मान गर्नुपर्छ : मन्त्री बादी News Polar जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार लागुऔषध मुद्दाका प्रतिवादी पुनः पक्राउ News Polar दसैँअघि नै बर्दिया–कैलालीका उखु किसानले बक्यौता पाउने News Polar सुनसरीमा ५६४ किलो गाँजासहित सुमो बरामद, चालक फरार News Polar अडियो प्रकरणमा कृषिमन्त्री चौधरी : ‘व्यक्तिगत र पारिवारिक कुनै सम्बन्ध छैन’ News Polar ‘आफ्नै खेत बगेको भन्दा वडा भवन ढलेकामा दुःख लागेको छ ’ News Polar सह–पाइलटको आक्रमणपछि भारतीय पाइलटको प्रशंसा News Polar उपभोक्ताका रोजाइमा साल्ट ट्रेडिङद्वारा सञ्चालित सुपथ मूल्य पसल News Polar एसियाली खेलकुद : जुडोमा पुनम पराजित News Polar स्पष्ट कार्ययोजनासहित काम गर्न गेटा विश्वविद्यालय प्रशासनलाई आग्रह News Polar खोलामा पुल बन्यो, जाने बाटो छैन News Polar शरद ऋतुः ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति News Polar अधिवेशनमा सक्रिय सहभागिताका लागि पूर्वसभापति देउवाको अपिल News Polar वामपन्थी नेता बस्नेतको निधनले एमालेका केन्द्रीय सदस्यको सपथ ग्रहण स्थगित News Polar बाढी प्रभावित गल्छी –बैरेनीका १८० घरधुरीमा पुनःखानेपानी सेवा : स्थानीयवासी खुसी News Polar पहिरोमा परी बेपत्ता महिलाको शव फेलाः मृतकको सङ्ख्या १३ पुग्यो News Polar बाढीले क्षतिग्रस्त बेनी–जोमसोम सडक मर्मत सुरु News Polar शिक्षा क्षेत्रमा नीतिगत सुधारदेखि ‘डिजिटल’ सेवा विस्तारसम्म News Polar सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै

आन्दोलनले स्थानीय तहको काम ठप्प

आन्दोलनले स्थानीय तहको काम ठप्प
अ अ+ अ-

सप्तरी । आठ दिनदेखि डाकनेश्वरी नगरपालिकामा चर्किएको आन्दोलनले स्थानीय तहको कामकाज ठप्प बनेको छ । अनियमितता र भ्रष्टाचारविरुद्ध मङ्सिर २९ गते नगरपालिका कार्यालयमा तालाबन्दी गरेर आन्दोलन शुरु गरेका युवाले विरोध प्रदर्शनलाई निरन्तरता दिएका छन् । नगरपालिकालाई गत मङ्सिर १९ गते दिएको छ सूत्रीय मागको सुनुवाइ नभएको भन्दै युवा र बुद्धिजीवीले तालाबन्दी गरेर विरोध प्रदर्शन जारी राखेका हुन् ।

एक साता तालाबन्दी गर्दा पनि माग पूरा नभएको भन्दै युवाले ‘भ्रष्टाचार हटाउः नगरपालिका बचाउ’ भन्दै पातो बजारमा मोटरसाइकल ¥याली निकालेका छन् । नगरपालिकाको हरहिसाब सार्वजनिक गर्न तथा यस अवधिमा खरीद गरिएका सामानको विवरण तथा बिल सार्वजनिक गर्न प्रदर्शनकारीले माग राखेका छन् ।

तालाबन्दी गरेर प्रदर्शन जारी राखे पनि मागबारे नगरपालिकाले चासो नदिएकामा स्थानीयवासी अरविन्द मण्डलले आक्रोश पोख्नुभयो । नगरपालिका कार्यालयमा व्यापक आर्थिक अनियमितता भएको दाबी गर्दै उहाँले भन्नुभयो, “आर्थिक पारदर्शिता नगरेसम्म आन्दोलन जारी रहन्छ ।”

भ्रष्टाचार बन्द गर्नुपर्ने, आर्थिक अनियमितताबारे छानबिन गर्न उच्चस्तरीय समिति गठन हुनुपर्नेलगायतका माग अघि सार्दै प्रदर्शनकारीले आन्दोलन थालेका हुन् । सङ्घर्ष समितिका प्रदीप यादवले भ्रष्टाचारको छानबिन गर्न जिल्ला प्रशासन कार्यालय, अख्तियार दुरूपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र, कोष तथा लेखा नियन्त्रण कार्यालय र नगरवासी सम्मिलित उच्चस्तरीय भ्रष्टाचार छानबिन समिति गठनको माग गर्नुभयो ।

वडा कार्यालयलाई उपलब्ध गराइएको मोटरसाइकल खरीद प्रक्रिया र सोको बिल उपलब्ध गराउन तथा आर्थिक वर्ष २०७५÷७६ मा सार्वजनिक गरिएको खर्च विवरणको विभिन्न शीर्षकको बिल, विवरण र कागजातको छायाँकपी उपलब्ध गराउनुपर्ने माग राखी आन्दोलन जारी छ ।

सङ्घर्ष समितिले नगरपालिकामा प्रयोग भइरहेको डिजिटल हाजिरी ठीक रहेको प्रमाणित गर्ने आधारको लिखित प्रष्टीकरण उपलब्ध गराउनुपर्ने माग गरेको छ । नगरपालिकाको कर्मचारी र पदाधिकारी समयमा उपस्थित नहुनुका कारण प्रष्ट्याउनसमेत उनीहरूले माग गरेका छन् ।

आन्दोलनरत युवाले डाक्नेश्वरी नगरपालिका–५ स्थित नमूना माविको भवन निर्माणमा छुट्याइएको रु एक करोड ४८ लाख रकमबाट टायबिम मात्र खडा गरिएको, पर्खाल नै निर्माण नगरी नगरपालिका परिसरमा पर्खाल निर्माणको नाममा पाँच लाख खर्च गरिएको आरोप लगाए ।

नगरपालिकाका प्रमुख र उपप्रमुखसहित तीन वडाध्यक्षमा राजपा विजयी छ । नगरपालिका प्रमुख शिवनारायण साहले समस्या समाधानका लागि युवासँग वार्ताको पहल भइरहेको बताउनुभयो । समस्याको निकासका लागि जनप्रतिनिधिले पहल नगरेको भन्दै आन्दोलनकारी युवाको आक्रोश बढ्दै गएको छ ।