१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar ट्रम्पद्वारा भारतीय पाइलटको प्रशंसा News Polar ज्येष्ठ नागरिकलाई ज्ञान र अनुभवको सामाजिक सम्पदाका रूपमा सम्मान गर्नुपर्छ : मन्त्री बादी News Polar जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार लागुऔषध मुद्दाका प्रतिवादी पुनः पक्राउ News Polar दसैँअघि नै बर्दिया–कैलालीका उखु किसानले बक्यौता पाउने News Polar सुनसरीमा ५६४ किलो गाँजासहित सुमो बरामद, चालक फरार News Polar अडियो प्रकरणमा कृषिमन्त्री चौधरी : ‘व्यक्तिगत र पारिवारिक कुनै सम्बन्ध छैन’ News Polar ‘आफ्नै खेत बगेको भन्दा वडा भवन ढलेकामा दुःख लागेको छ ’ News Polar सह–पाइलटको आक्रमणपछि भारतीय पाइलटको प्रशंसा News Polar उपभोक्ताका रोजाइमा साल्ट ट्रेडिङद्वारा सञ्चालित सुपथ मूल्य पसल News Polar एसियाली खेलकुद : जुडोमा पुनम पराजित News Polar स्पष्ट कार्ययोजनासहित काम गर्न गेटा विश्वविद्यालय प्रशासनलाई आग्रह News Polar खोलामा पुल बन्यो, जाने बाटो छैन News Polar शरद ऋतुः ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति News Polar अधिवेशनमा सक्रिय सहभागिताका लागि पूर्वसभापति देउवाको अपिल News Polar वामपन्थी नेता बस्नेतको निधनले एमालेका केन्द्रीय सदस्यको सपथ ग्रहण स्थगित News Polar बाढी प्रभावित गल्छी –बैरेनीका १८० घरधुरीमा पुनःखानेपानी सेवा : स्थानीयवासी खुसी News Polar पहिरोमा परी बेपत्ता महिलाको शव फेलाः मृतकको सङ्ख्या १३ पुग्यो News Polar बाढीले क्षतिग्रस्त बेनी–जोमसोम सडक मर्मत सुरु News Polar शिक्षा क्षेत्रमा नीतिगत सुधारदेखि ‘डिजिटल’ सेवा विस्तारसम्म News Polar सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै

भूकम्पले ढालेका १४ हजार घरको पुनःनिर्माण

भूकम्पले ढालेका १४ हजार घरको पुनःनिर्माण
अ अ+ अ-

मकवानपुर । मकवानपुरमा २०७२ सालको भूकम्पले पूर्ण क्षति भएका ३४ हजार ३१९ घरमध्ये आधाभन्दा पनि कम १४ हजार १३५ वटा घरमात्र निर्माण सम्पन्न भएका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार)कार्यालयको आयोजनामा आज हेटौँडामा भएको अन्तरक्रिया तथा छलफल कार्यक्रममा उक्त जानकारी दिइएको हो ।

जिल्लामा पहिचान भएका कूल लाभग्राही ३४ हजार ३१९ मध्ये २९ हजार ५०५ जनाले मात्र पुनःनिर्माणका लागि सम्झौता गरेर प्रथम किस्ता लगेका थिए । त्यस्तै प्रथम किस्ता लिनेमध्ये २३ हजार ४३१ ले दोस्रो किस्ता र १८ जहार ४०३ जनाले तेस्रो किस्ता लगेका थिए । तेस्रो किस्ता लगेर निर्माणसमेत सम्पन्न गर्नेको सङ्ख्या १४ हजार १३५ रहेको आयोजना प्रमुख विमलकिशोर केपीले जानकारी दिनुभयो ।

प्रमुख केपीका अनुसार प्रबलीकरणमा भने मकवानपुरको प्रगति शून्य प्रायः छ । जिल्लामा आंशिक क्षति भएर प्रबलीकरण गर्नुपर्ने घरहरुमध्ये ०।०४ प्रतिशतमात्रै घर प्रबलीकरण भएका छन् । मकवानपुरमा प्रबलीकरणका लागि छनौट भएका लाभग्राही १२ हजार ९४६ मध्ये सात हजार ९७० ले मात्र प्रबलीकरणका लागि सम्झौता गरेको र प्रथम किस्ता लिएकामा जम्मा तीन जनाले मात्र प्रबलीकरण गरी दोस्रो तथा अन्तिम किस्ता बुझेको आयोजना प्रमुख केपीले जानकारी दिनुभयो ।

प्रमुख केपीका अनुसार मकवानपुरमा दुई हजार ७१९ वटा घर भने मापदण्ड विपरीत बनेका छन् । त्यस्तै जिल्लामा भूकम्पमा परी पूर्ण क्षति भएको तर ऐलानीमात्र जग्गा भएका भूमिहीन लाभग्राही सङ्ख्या तीन हजार ६७२ पहिचान भएको, तीमध्ये २९ जनाले अन्यत्र जग्गा किनेर पुनःनिर्माण प्रक्रिया प्रारम्भ गरेको र बाँकीले आफ्नै ऐलानी जग्गामा पुनःनिर्माण प्रक्रिया शुरु गरेको आयोजना प्रमुख केपीले जानकारी दिनुभयो । त्यस्तै जिल्लाका २८ जना लाभग्राहीले आफूले लिइसकेको किस्तासमेत फिर्ता गरेका छन् ।

मकवानपुरमा विद्यालय निर्माणको क्षेत्रमा भने उल्लेख्य प्रगति भएको जनाइएको छ । जिल्ला आयोजना कार्यान्वयन एकाइ शिक्षाका प्रमुख बद्रीबहादुर पाठकका अनुसार जिल्लामा रहेका ५१६ वटा विद्यालयमध्ये भूकम्पका कारण ४०९ वटा विद्यालयका दुई हजार ३१० वटा कक्षाकोठा पूर्ण क्षति भएका थिए । त्यस्तै एक हजार ४५४ वटा कक्षाकोठाहरु आंशिकरूपमा क्षति भएका थिए ।

जिल्लामा आपत्कालीन विद्यालय पुनःनिर्माण आयोजनाअन्तर्गत रहेर ठेक्का प्रक्रिया, विद्यालय व्यवस्थापन समितिमार्फत र विभिन्न सङ्घसंस्थाहरुमार्फत गरी तीनवटा प्रक्रियामा विद्यालय भवनहरु पुनःनिर्माण भइरहेको प्रमुख पाठकले बताउनुभयो ।