११ भाद्र २०८३, बिहीबार
,
Latest
बाढी प्रभावित क्षेत्रमा मुख्यमन्त्री थापा आफैँ खटिए, उद्धारदेखि पुनःस्थापनासम्म सरकारको साथ रहने प्रतिबद्धता बाढीपीडितका लागि भारतबाट नेपाल आयो थप ३७.५ टन राहत सामग्री नाडाद्वारा बाढीपीडितको राहतका लागि १० लाख रुपैयाँ सहयोग, नाडा अटो शो निरन्तर सञ्चालन हुने तीन जिल्लामा साढे दुई करोड नगद सहयोग विपद्को समयमा आपतकालीन स्वास्थ्य प्रतिकार्यका लागि फोकल पर्सन तोकिए त्रिशूलीको बाढीले पृथ्वी राजमार्ग अवरुद्ध, सडक खुलाउने प्रयास जारी (तस्बिरसहित) छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार कुमारी बैंकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग भोटेकोशी बाढीपीडितका लागि राहत सामग्री संकलन गर्न तीन स्थान तोकियो भोटेकोशी बाढीपछि ६४४ पर्यटक सम्पर्कविहीन, भारतीयको संख्या सबैभन्दा धेरै
तपाईं के खोज्दै हुनुहुन्छ ?

वाचापत्रको मुख्य नारा थिति बसाल्ने छ, यसलाई काम गरेरै देखाउनुपर्ने छ: उपसभापति अर्याल



अ+ अ-

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्यालले जनताको आशा र विश्वासलाई कायम राख्दै आफ्नो जिम्मेवारी पुरा गर्न आग्रह गरेका छन् ।

पार्टीले आज ललितपुरमा आयोजना गरेको नवनिर्वाचित सांसदहरूलाई अभिमुखीकरण तथा परिचयात्मक कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपसभापति अर्यालले देश र जनताको पक्षमा काम गर्न आवश्यक रहेको बताए।

“नागरिकलाई महसुस हुने गरी काम गर्ने सरकार गठन गरेर भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ, लामो समयदेखि देशको बागडोर सम्हालेका राजनीतिक दलले गरेको गलत क्रियाकलापले अहिलेको परिणाम आएको हो, यसले हाम्रो पार्टी र जननिर्वाचित प्रतिनिधिलाई जिम्मेवार र जवाफदेही बनाएको छ,” उनले भने ।

सोही पार्टीका अर्का उपसभापति स्वर्णिम वाग्लेले ४८ प्रतिशत मतका साथ प्राप्त गरेको झन्डै दुई तिहाइ बहुमतको विश्वासलाई जोगाएर जनताको भरोसालाई कायम राख्नु पर्नेमा जोड दिए। “वाचापत्रको मुख्य नारा थिति बसाल्ने छ, यसलाई काम गरेरै देखाउनुपर्ने छ, जनताले गर्न सक्नेगरी जिम्मेवारी दिएका छन्, हामीले इमानदारीपूर्वक काम गरेर देखाउनुपर्छ”, उनले भने ।

विसं २०१५ सालपछिको यो ठूलो जनादेशलाई शिरोधार्य गर्दै विधायकको भूमिका निर्वाह गर्नुपर्ने भएकाले जनताका गुनासा र मुद्दालाई उठाउन, आफ्नै सरकारले गरेका पनि गलतकार्यको प्रतिरोध गर्न उपसभापति वाग्लेले आग्रह गरे ।

संसदीय अभ्यास, विधायिकी प्रक्रिया, नीति निर्माण, संसदीय समितिहरूको भूमिकालगायतका विषयबारे अभिमुखीकरण गराउन सो कार्यक्रम आयोजना गरिएको पार्टीका महामन्त्री कबिन्द्र बुर्लाकोटीले बताए ।