१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar ज्येष्ठ नागरिकलाई ज्ञान र अनुभवको सामाजिक सम्पदाका रूपमा सम्मान गर्नुपर्छ : मन्त्री बादी News Polar जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार लागुऔषध मुद्दाका प्रतिवादी पुनः पक्राउ News Polar दसैँअघि नै बर्दिया–कैलालीका उखु किसानले बक्यौता पाउने News Polar सुनसरीमा ५६४ किलो गाँजासहित सुमो बरामद, चालक फरार News Polar अडियो प्रकरणमा कृषिमन्त्री चौधरी : ‘व्यक्तिगत र पारिवारिक कुनै सम्बन्ध छैन’ News Polar ‘आफ्नै खेत बगेको भन्दा वडा भवन ढलेकामा दुःख लागेको छ ’ News Polar सह–पाइलटको आक्रमणपछि भारतीय पाइलटको प्रशंसा News Polar उपभोक्ताका रोजाइमा साल्ट ट्रेडिङद्वारा सञ्चालित सुपथ मूल्य पसल News Polar एसियाली खेलकुद : जुडोमा पुनम पराजित News Polar स्पष्ट कार्ययोजनासहित काम गर्न गेटा विश्वविद्यालय प्रशासनलाई आग्रह News Polar खोलामा पुल बन्यो, जाने बाटो छैन News Polar शरद ऋतुः ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति News Polar अधिवेशनमा सक्रिय सहभागिताका लागि पूर्वसभापति देउवाको अपिल News Polar वामपन्थी नेता बस्नेतको निधनले एमालेका केन्द्रीय सदस्यको सपथ ग्रहण स्थगित News Polar बाढी प्रभावित गल्छी –बैरेनीका १८० घरधुरीमा पुनःखानेपानी सेवा : स्थानीयवासी खुसी News Polar पहिरोमा परी बेपत्ता महिलाको शव फेलाः मृतकको सङ्ख्या १३ पुग्यो News Polar बाढीले क्षतिग्रस्त बेनी–जोमसोम सडक मर्मत सुरु News Polar शिक्षा क्षेत्रमा नीतिगत सुधारदेखि ‘डिजिटल’ सेवा विस्तारसम्म News Polar सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै News Polar अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज

‘नक्कली फार्ममार्फत आर्थिक अपराध बढ्न थाल्यो’

‘नक्कली फार्ममार्फत आर्थिक अपराध बढ्न थाल्यो’
अ अ+ अ-

काठमाडौँ । नक्कली विवरण तयार गरी झुटा कारोवार देखाएर आर्थिक अपराध (भ्रष्टाचार) गर्ने क्रम बढेको पाइएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले नक्कली फर्म दर्ता गर्ने र नक्कली कारोवार देखाउनेक्रम बढेको छ भन्दै नियामक निकायले भूमिका बढाउनुपर्ने औँल्याउनुभयो । नेपाल चार्टर्ड एकाउन्टेन्सद्वारा आज यहाँ आयोजित ‘भ्रष्टाचार र ठगीविरुद्ध व्यावसायिक इमान्दारी’ विषयको अन्तक्र्रियाकमा अर्थमन्त्री डा खतिवडाले त्यस्ता नक्कली गतिविधिलाई लेखापरीक्षकले सही प्रमाणित गरेको तर्फ ध्यानाकर्षण गराउनुभयो ।

“कतिको नागरिकता नक्कली छ, अञ्जान मान्छेको नागरिकता लिएर फर्म दर्ता गरिएको छ, तर अडिटरले कागजात र लेखा ठीक छ भनी सही गरेर हिँड्छन्, यो कसको दोष हो ?”, डा खतिवडाले भन्नुभयो । उहाँले नक्कली कम्पनी बनाएर प्रविधिको दुरुपयोग गरी नक्कली गतिविधि बढ्दै गएको तर्फ सचेत हुन आग्रह गर्दै व्यक्तिले व्यावसायिक आचरणलाई मात्रै नहेरी सामाजिक आचरणलाई समेत ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

व्यावसायिक कारोवारलाई विद्युतीय प्रणालीबाट सञ्चालन गर्दा बढी व्यवस्थित र पारदर्शी हुने भएकाले सरकराले विद्युतीय प्रणालीलाई जोड दिएको उहाँले उल्लेख गर्नुभयो । सरकार आर्थिक ऐनमा कर प्रशासकको स्वच्छता र स्वेच्छिक निर्णय गर्न सक्ने अधिकार थप्नेक्रममा लागेको छ भन्दै मन्त्री डा खतिवडाले खर्च गर्ने अधिकारीको जवाफदेहितालाई वित्तीय उत्तरादायित्व ऐनले स्पष्ट उल्लेख गरेको र केही वित्तीय क्षेत्रको नियामक कानून बनाउने चरणमा रहेको जानकारी दिनुभयो ।

उहाँले आर्थिक पारदर्शिता र सुशासन कायम गर्न नेपाल राष्ट्र बैंक ऐन, बैंक तथा वित्तीय संस्था ऐन, बीमा, धितोपत्र र कम्पनीलगायत ऐन संशोधन प्रक्रिया अघि बढेको र हिउँदे अधिवेशनमा धेरै स्वीकृत भएर आउने विश्वास व्यक्त गर्नुभयो । “नियामक निकायले राम्रोसँग हेरे मातहतका निकायमा हुने भ्रष्टाचार र जालसाँजी रोक्न सकिन्छ, यसतर्फ चनाखो हुनुपर्छ”, डा खतिवडाको थप्नुभयो ।

अन्तक्र्रियामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले भ्रष्टाचार नियन्त्रणका लागि महत्वपूर्ण कुरा आफ्नो आचारण भएको उल्लेख गर्दै पहिले आफूबाटै सुधार हुनुपर्नेमा जोड दिनुभाये । उहाँले आयोगमा एक हजार ६०० भन्दा बढी मुद्दा अनुसन्धानको चरणमा रहेको जानकारी दिँदै चालू आवमा अहिलेसम्मकै सबैभन्दा बढी मुद्दा दर्ता हुने देखिएको बताउनुभयो । भ्रष्टाचार नियन्त्रणका लागि आयोगले अनुसन्धान चुस्त बनाउन इञ्जिनीयर ल्याब स्थापना गरेर अघि बढेको घिमिरेले बताउनुभयो ।

दुई वर्षको सर्भेअनुसार सबैभन्दा बढी उजुरी स्थानीय तहविरुद्धको रहेकाले त्यसैको आधारमा हालै मात्र आयोगले तीनै तहका सरकारलाई ६१ बुँदे सुझाव दिएको बताउनुभयो । मुलुकको लेखा परीक्षण प्रभावकारी हुन सकेका अवस्थामा सुशासनको बाटो निकै अगाडि बढ्ने उहाँको विश्वास छ । उहाँले आयोग ऐन र भ्रष्टाचार नियन्त्रण ऐन संशोधनका क्रममा रहेको समेत बताउनुभयो ।

महालेखा परीक्षक टङ्कमणि शर्माले पवित्र उद्देश्य लिएर स्थापना भएको सङ्घसंस्थामा भ्रष्टाचार देखिन थालेको जिकिर गर्नुभयो । निजी क्षेत्रमा नक्कली कम्पनी खडा गरेर आर्थिक अपराध हुने र सरकारी तहमा भ्रष्टाचार रहेको बताउँदै शर्माले चोखो भनिएको कृषि क्षेत्रमा समेत अनुदानको रकम दुरुपयोग हुनु विडम्बना हो भन्नुभयो । उहाँले राज्य संयन्त्रलाई सक्रिय बनाएर भ्रष्टाचारको वातावरण तयार पार्ने क्षेत्रको पहिचान गरी व्यवस्थित गर्नुपर्नेमा जोड दिनुभयो । उक्त कार्यक्रम उद्घाटनपछिको दोस्रो सत्रमा भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्ने विषयका विभिन्न कार्यपत्रमाथि छलफल चलिरहेको छ ।
–