५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा

प्रधानमन्त्री कार्कीसँग महासंघ अध्यक्ष ढकालको भेट, निर्वाचन सफलतापूर्वक सम्पन्न गराएकोमा बधाई

प्रधानमन्त्री कार्कीसँग महासंघ अध्यक्ष ढकालको भेट, निर्वाचन सफलतापूर्वक सम्पन्न गराएकोमा बधाई
अ+ अ-

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले भेट गर्नुभएको छ ।

भेटका क्रममा स्वतन्त्र, निष्पक्ष र विश्वसनीय ढङ्गले निर्वाचन सम्पन्न गरी चुनावी सरकारलाई जिम्मेवारी हस्तान्तरण गरेकोमा प्रधानमन्त्री कार्कीलाई निजी क्षेत्रका तर्फबाट बधाई तथा धन्यवाद व्यक्त गर्नुभयो ।

भेटमा प्रधानमन्त्री कार्कीले निर्वाचन सम्पन्न गर्ने क्रममा नेपाल उद्योग वाणिज्य महासंघले पुर्‍याएको रचनात्मक सहयोगको प्रशंसा गर्नुभएको थियो। उहाँले लोकतान्त्रिक प्रक्रिया सुदृढ बनाउन निजी क्षेत्रको सकारात्मक भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्नुभयो।

उक्त भेटवार्तामा सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउँदै अर्थतन्त्रलाई गतिशील बनाउने, लगानीमैत्री वातावरण निर्माण गर्ने तथा समृद्ध नेपालको यात्रालाई तीव्र बनाउने विषयमा साझा प्रतिबद्धता व्यक्त गरिएको थियो।

भेटमा देशको आर्थिक विकास, निजी क्षेत्रको भूमिका तथा आगामी दिनमा सहकार्य बढाउने विषयमा समेत छलफल भएको जनाइएको छ।