९ श्रावण २०८३, शनिबार
,
Latest
राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई विवाह र सन्तान उत्पत्तिको प्राकृतिक अनिवार्यता : एक अनुभूति मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ रुसी जोखिमबीच युक्रेनले सीमा बलियो बनाउँदै यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई पर्यटन क्षेत्रमा जोड्न बारिष्टा तालिम हुथी विद्रोहिद्वारा साउदी अरेबियामा आक्रमण फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित किभ क्षेत्रमा रुसी क्षेप्यास्त्र हमला, १० जनाको मृत्यु प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन काँकडभिट्टा–लौकही सडक विस्तार तिब्रः पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागमती प्रदेश लोकसेवा आयोगको सदस्यमा घिमिरे नियुक्त



अ+ अ-

बागमती। बागमती प्रदेश लोकसेवा आयोगको सदस्यमा पुनम घिमिरे नियुक्त हुनुभएको छ ।

बागमती प्रदेश प्रमुुख दीपकप्रसाद देवकोटाले आयोगको रिक्त सदस्यमा काठमाडौँ महानगरपालिका–१० नयाँबानेश्वर निवासी घिमिरेलाई नियुक्त गर्नुभएको हो ।

प्रदेश प्रमुखको कार्यालयमा आज आयोजित एक कार्यक्रमका बीच प्रदेश लोकसेवा आयोगका अध्यक्ष महेश्वर श्रेष्ठले नवनियुक्त सदस्य घिमिरेलाई शपथ ग्रहण गराउनुभयो ।

शपथग्रहण कार्यक्रममा प्रदेश प्रमुख देवकोटा, बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, स्वास्थ्यमन्त्री किरण थापा मगरलगायतको उपस्थिति रहेको थियो । रासस