३० जेष्ठ २०८३, शनिबार
,
Latest
उत्तरपूर्वी भारतमा सैन्य विमान दुर्घटना पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी कैद मुक्त ,३७ सय शरणार्थी स्वदेश फिर्ता गाजा पट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान नेपाललाई आरोग्य पर्यटनको अन्तरराष्ट्रिय गन्तव्यका रूपमा विकास गर्नेछौँः पर्यटनमन्त्री राष्ट्रिय क्रिकेट खेलाडी तथा क्रिकेटकर्मी सम्मानित सभापति थापाद्वारा भण्डारीको निधनप्रति गहिरो दुःख व्यक्त माथिबाट खसेको ढुङ्गा लाग्दा १५ वर्षीया किशोरीको मृत्यु काभ्रे बस दुर्घटनासम्बन्धी छानबिन गर्न समिति गठन रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी आगामी आवमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिकार खेल्न गएका छ जना नौ दिनदेखि सम्पर्कविहीन



अ+ अ-

कर्णाली। सिकार खेल्न भन्दै बर्दिया राष्ट्रिय निकुञ्जतर्फ हिँडेका सुर्खेतको बराहताल गाउँपालिका–१ ज्यामिरेका पाँच र लेकबेँसी नगरपालिका–८ गङ्गटेका एक गरी छ व्यक्ति नौ दिनदेखि सम्पर्कविहीन भएका छन् ।

सिकार खेल्न जानेहरूमा ज्यामिरेका २५ वर्षीय रेशम समसेली, ३० वर्षीय सुनिल समसेली, ३३ वर्षीय टोपबहादुर खत्री, ४१ वर्षीय रविलाल दमाई, ३४ वर्षीय रामबहादुर घर्ती र गङ्गटेमा घर भई हाल बर्दिया बस्ने ४५ वर्षीय दुर्गाबहादुर सिंजाली रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मोहनजङ्ग बुढ्थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार यही फागुन २३ गते सिकार खेल्न भनी घरदेखि १७ किलोमिटर दक्षिणमा पर्ने निकुञ्जतर्फ गएको र सँगै गएकामध्ये टोपबहादुर खत्रीको मृत्यु भएको मृतकका भिनाजु आसे महताराले जानकारी दिनुभएको छ ।

महताराले प्रहरी चौकी रानीघाट सुर्खेतमा आज बिहान सम्पर्कविहीन व्यक्तिबारे जानकारी दिएको सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक बुढ्थापाले बताउनुभयो ।

जानकारी प्राप्त भएसँगै सत्यतथ्य बुझ्नका लागि प्रहरी सहायक निरीक्षक टोपेन्द्रसिंह ठकुरी नेतृत्वमा चार जनाको प्रहरी टोली घटनास्थल पुगेर खोजतलास गरिरहेको उहाँले जानकारी दिनुभयो । खोजतलासका लागि जिल्ला प्रहरी कार्यालय बर्दियालाई समेत जानकारी गराइएको सुर्खेत प्रहरीले जनाएको छ । रासस