१८ आश्विन २०८१, शुक्रबार
,
Latest
गाजामा बन्धक बनाइएका ६४ जनाको अवस्था अज्ञात, जीवित रहेको कुनै प्रमाण छैन त्रिभूवन विमानस्थलको सेवामा सुधार ल्याउन पर्यटनमन्त्रीको निर्देशन पूर्वराजा शाह र भुटानी राजाबीच भेट ‘कसरी घर जाने बाटोको अवस्था यस्तो छ’ सहकारी पीडितलाई न्याय दिने भन्दा पनि रविलाई कसरी फसाउने भन्ने नियतमा संसदीय समिति बनाइयो- रवि… सहकारीको रकम अपचलनमा मेरो संलग्नता नभेटिएपछि षड्यन्त्र गर्दैछन्: रवि लामिछाने प्रचण्डद्वारा यातायात क्षेत्रका प्रतिनिधिसँग छलफल, समस्या समाधानका लागि पहल लिने प्रतिबद्धता महँगी र कालोबजारी नियन्त्रण गर्न रास्वपा रुपन्देहीको सरकारलाई ध्यानाकर्षण विराटनगरमा ट्रकको ठक्करबाट साइकलयात्री वृद्धको मृत्यु, आइसीपी रोड तनावग्रस्त मनाङमा पर्यटकको चहलपहल बढ्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

फोनमार्फत धमकाउँदै रकम असुल गर्ने गुण्डागर्दीमा संलग्न दुईजना पक्राउ



अ+ अ-

काठमाडौँ । महानगरीय अपराध नियन्त्रण महाशाखाले गुण्डागर्दीमा संलग्न दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपुर देवचुलीका दुर्गा भन्ने देवान राई र काभ्रे नमोबुद्ध नगरपालिकाका विष्णुबहादुर धिताल रहेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए ।

उनका अनुसार उनीहरुले काठमाडौँ उपत्यकामा सर्बसाधारण मानिस तथा व्यापारीलाई फोनमार्फत धम्काइ रकम माग गर्ने र नदिएमा हातहतियार देखाइ ज्यान मार्ने तथा हातखुट्टा भाँचिदिने धम्की दिँदै आएका थिए । उनीहरु विरुद्ध उजुरीसमेत परेको जनाइएको छ ।

आइतबार पक्राउ परेका उनीहरुलाई थप कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको महाशाखाले जनाएको छ ।