१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar ट्रम्पद्वारा भारतीय पाइलटको प्रशंसा News Polar ज्येष्ठ नागरिकलाई ज्ञान र अनुभवको सामाजिक सम्पदाका रूपमा सम्मान गर्नुपर्छ : मन्त्री बादी News Polar जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार लागुऔषध मुद्दाका प्रतिवादी पुनः पक्राउ News Polar दसैँअघि नै बर्दिया–कैलालीका उखु किसानले बक्यौता पाउने News Polar सुनसरीमा ५६४ किलो गाँजासहित सुमो बरामद, चालक फरार News Polar अडियो प्रकरणमा कृषिमन्त्री चौधरी : ‘व्यक्तिगत र पारिवारिक कुनै सम्बन्ध छैन’ News Polar ‘आफ्नै खेत बगेको भन्दा वडा भवन ढलेकामा दुःख लागेको छ ’ News Polar सह–पाइलटको आक्रमणपछि भारतीय पाइलटको प्रशंसा News Polar उपभोक्ताका रोजाइमा साल्ट ट्रेडिङद्वारा सञ्चालित सुपथ मूल्य पसल News Polar एसियाली खेलकुद : जुडोमा पुनम पराजित News Polar स्पष्ट कार्ययोजनासहित काम गर्न गेटा विश्वविद्यालय प्रशासनलाई आग्रह News Polar खोलामा पुल बन्यो, जाने बाटो छैन News Polar शरद ऋतुः ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति News Polar अधिवेशनमा सक्रिय सहभागिताका लागि पूर्वसभापति देउवाको अपिल News Polar वामपन्थी नेता बस्नेतको निधनले एमालेका केन्द्रीय सदस्यको सपथ ग्रहण स्थगित News Polar बाढी प्रभावित गल्छी –बैरेनीका १८० घरधुरीमा पुनःखानेपानी सेवा : स्थानीयवासी खुसी News Polar पहिरोमा परी बेपत्ता महिलाको शव फेलाः मृतकको सङ्ख्या १३ पुग्यो News Polar बाढीले क्षतिग्रस्त बेनी–जोमसोम सडक मर्मत सुरु News Polar शिक्षा क्षेत्रमा नीतिगत सुधारदेखि ‘डिजिटल’ सेवा विस्तारसम्म News Polar सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै

धौलागिरि अञ्चल अस्पतालमा ‘अक्सिजन प्लान्ट’ सञ्चालनमा

धौलागिरि अञ्चल अस्पतालमा ‘अक्सिजन प्लान्ट’ सञ्चालनमा
अ अ+ अ-

गलकोट । धौलागिरि अञ्चल अस्पताल बागलुङमा ‘अक्सिजन प्लान्ट’ सञ्चालन आएको छ । गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा पहिलोपटक ‘अक्सिजन प्लान्ट’ सञ्चालनमा ल्याइएको अस्पतालले जनाएको छ । ‘प्लान्ट’ सञ्चालन भएसँगै अब पुरानो ‘अक्सिजन सिलिण्डर’ प्रयोग गर्नुपर्ने बाध्यता अन्त्य भएको छ । सो मन्त्रालयको रु ९४ लाख ४० हजारको लागतमा अस्पतालमा प्लान्ट जडान गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी रानामगरले जानकारी दिए ।

अस्पतालले निजी कम्पनीले पोखरा तथा बुटवलमा उत्पादन गरेको ‘अक्सिजन सिलिण्डर’ प्रयोग हुँदै आएको थियो प्लान्टबाट उत्पादन भएको अक्सिजने अस्पताललाई पुग्ने जनाएको छ । अस्पतालको क्षमता करिब ३०० श्यया रहेको छ । सिलिण्डरमा अक्सिजन भर्ने व्यवस्था भएमा छिमेकी जिल्लामा समेत आपूर्ति गर्न सकिने अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा शैलेन्द्र बि पोखरलले जानकारी दिए । स्वास्थ्यकर्मी र बिरामी दुवैलाई उपचारमा निकै सहज हुने भएकाले अस्पतालमा ‘अक्सिजन प्लान्ट’ स्थापना गर्न बजेट विनियोजन गरिएको गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले जानकारी दिए ।

उत्पादित अक्सिजनलाई सोझै पाइप लाइनमार्फत अस्पतालको आवश्यक सबै कोठा÷कोठामा पुर्याइएको अस्पताल व्यवस्थापन समितिका सदस्य शालिकराम शर्माले जानकारी दिए ।
अस्पतालका अनुसार रु ६१ लाखमा अक्सिजन उत्पादन गर्ने प्लान्ट र रु ३३ लाखको लागतमा वितरण पाइप लाइन तयार गरिएको छ । अस्पतालमा जडान गरिएको ‘अक्सिजन प्लान्ट’ले अस्पताललाई आवश्यकभन्दा बढी अक्सिजन उत्पादन गर्ने प्राविधिकले जनाएका छन्। ‘अक्सिजन प्लान्ट’ जर्मनी प्रविधिद्वारा निर्माण गरिएको हो ।

अस्पताललाई हाल दैनिक १५ देखि २० सिलिण्डर अक्सिजनको आवश्यकता छ । अस्पतालले आफैँ अक्सिजन उत्पादन गर्न थालेपछि रकम जोगिएको छ । ‘रेफर सेन्टर’को रुपमा आलोचना खेप्दै आएको अञ्चल अस्पतालले पछिल्लो समय आफ्नो सेवालाई गुणस्तरीय र व्यवस्थापनलाई चुस्त बनाउँदै लगेको छ । अस्पतालमा यही आर्थिक वर्षदेखि ‘हाई केयर युनिट’ समेत स्थापना गर्न लागेको जनाएको छ । प्रतिनिधिसभा सदस्य डा सूर्य पाठकले रु ५० लाख बजेट विनियोजनसमेत गर्नुभएको छ । अस्पतालमा बिरामीको चाप निकै बढेको छ ।