१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar ट्रम्पद्वारा भारतीय पाइलटको प्रशंसा News Polar ज्येष्ठ नागरिकलाई ज्ञान र अनुभवको सामाजिक सम्पदाका रूपमा सम्मान गर्नुपर्छ : मन्त्री बादी News Polar जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार लागुऔषध मुद्दाका प्रतिवादी पुनः पक्राउ News Polar दसैँअघि नै बर्दिया–कैलालीका उखु किसानले बक्यौता पाउने News Polar सुनसरीमा ५६४ किलो गाँजासहित सुमो बरामद, चालक फरार News Polar अडियो प्रकरणमा कृषिमन्त्री चौधरी : ‘व्यक्तिगत र पारिवारिक कुनै सम्बन्ध छैन’ News Polar ‘आफ्नै खेत बगेको भन्दा वडा भवन ढलेकामा दुःख लागेको छ ’ News Polar सह–पाइलटको आक्रमणपछि भारतीय पाइलटको प्रशंसा News Polar उपभोक्ताका रोजाइमा साल्ट ट्रेडिङद्वारा सञ्चालित सुपथ मूल्य पसल News Polar एसियाली खेलकुद : जुडोमा पुनम पराजित News Polar स्पष्ट कार्ययोजनासहित काम गर्न गेटा विश्वविद्यालय प्रशासनलाई आग्रह News Polar खोलामा पुल बन्यो, जाने बाटो छैन News Polar शरद ऋतुः ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति News Polar अधिवेशनमा सक्रिय सहभागिताका लागि पूर्वसभापति देउवाको अपिल News Polar वामपन्थी नेता बस्नेतको निधनले एमालेका केन्द्रीय सदस्यको सपथ ग्रहण स्थगित News Polar बाढी प्रभावित गल्छी –बैरेनीका १८० घरधुरीमा पुनःखानेपानी सेवा : स्थानीयवासी खुसी News Polar पहिरोमा परी बेपत्ता महिलाको शव फेलाः मृतकको सङ्ख्या १३ पुग्यो News Polar बाढीले क्षतिग्रस्त बेनी–जोमसोम सडक मर्मत सुरु News Polar शिक्षा क्षेत्रमा नीतिगत सुधारदेखि ‘डिजिटल’ सेवा विस्तारसम्म News Polar सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै

स्वास्थ्य शिविरमा ३४ हजार लाभान्वित

स्वास्थ्य शिविरमा ३४ हजार लाभान्वित
अ अ+ अ-

महोत्तरी । नेपाली सेनाद्वारा महोत्तरीको सोनमा गाउँपालिका–३ खखनामा सञ्चालन गरिएको १० दिने निःशुल्क शल्यचिकित्सासहितको स्वास्थ्य शिविरबाट ३४ हजारभन्दा बढी सर्वसाधारण लाभान्वित भएका छन् । गत मङ्सिर २७ गतेदेखि आइतबारसम्म शिविर सञ्चालन भएको थियो । खखना माध्यमिक विद्यालय परिसरमा आयोजित शिविर समापन समारोहमा नेपाली सेनाका सहायक रथि डा देवेन्द्रबहादुर खत्रीले उपचार सेवा लिनेमा १७ हजार ९७३ महिला र १४ हजार १६४ पुरुष रहेका र दुई हजार ३५ ले परामर्श सेवा लिएका जानकारी दिए ।

शिविरमा १९३ पुरुष र १३६ महिला गरी ३२९ जनाको जटिल शल्यक्रिया भएको , रु ६० लाख मूल्य बराबरको औषधि बिरामीलाई निःशुल्क उपलब्ध गराइएको थियो । शिविरका सूचना अधिकारी सेनानि नवीन कुँवरले शिविरमा सेवा लिन आउने विरामीलाई उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गरिएको बताए । समापन समारोहमा प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत नेपाली सेनाले ग्रामीण विपन्न वर्गका जनतालाई घर आगमनमा स्वास्थ्य सेवा उपलब्ध गराएकोमा धन्यवाद दिए ।

शिविरमा नेपाली सेनाका ६० जना दक्ष विशेषज्ञ चिकित्सक र १०५ स्वास्थ्यकर्मी (नर्स, पारामेडिकल र ल्याब टेक्निसियन) सहित १६५ जनाको टोलीले उपचार सेवा प्रदान गरेका थिए ।
शिविरमा महोत्तरीका अतिरिक्त सर्लाही, धनुषा, उदयपुर, सिरहा, रौतहट, सिन्धुली र सप्तरीका बिरामीले उपचार सेवा प्राप्त गरेका थिए । कार्यक्रममा प्रतिनिधिसभा सदस्य डा सुरेन्द्रकुमार यादव र प्रदेशसभा–२ का सदस्य कौशलकुमार यादवले सेनाले दिएको सेवाको प्रशंसा गरेका थिए ।