१८ आश्विन २०८१, शुक्रबार
,
Latest
गाजामा बन्धक बनाइएका ६४ जनाको अवस्था अज्ञात, जीवित रहेको कुनै प्रमाण छैन त्रिभूवन विमानस्थलको सेवामा सुधार ल्याउन पर्यटनमन्त्रीको निर्देशन पूर्वराजा शाह र भुटानी राजाबीच भेट ‘कसरी घर जाने बाटोको अवस्था यस्तो छ’ सहकारी पीडितलाई न्याय दिने भन्दा पनि रविलाई कसरी फसाउने भन्ने नियतमा संसदीय समिति बनाइयो- रवि… सहकारीको रकम अपचलनमा मेरो संलग्नता नभेटिएपछि षड्यन्त्र गर्दैछन्: रवि लामिछाने प्रचण्डद्वारा यातायात क्षेत्रका प्रतिनिधिसँग छलफल, समस्या समाधानका लागि पहल लिने प्रतिबद्धता महँगी र कालोबजारी नियन्त्रण गर्न रास्वपा रुपन्देहीको सरकारलाई ध्यानाकर्षण विराटनगरमा ट्रकको ठक्करबाट साइकलयात्री वृद्धको मृत्यु, आइसीपी रोड तनावग्रस्त मनाङमा पर्यटकको चहलपहल बढ्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

अत्याधिक चिसोका कारण तीन दिन विद्यालय बिदा



अ+ अ-

चिसो अत्याधिक बढेपछि झापाको दमक नगरपालिकाभित्रका सबै विद्यालय आजदेखि तीन दिनका लागि बन्द भएका छन् । नगरपालिकाका शिक्षा उपसचिव दिनेश न्यौपानेले सूचना प्रकाशन गरी केही दिनयता बाक्लो हुस्सुसँगै शीतलहर चलिरहेकोले दैनिक पठनपाठनमा असहज भएको हुँदा पुस ९ गतेसम्मका लागि नगरका सबै विद्यालय बिदा गर्न सूचित गरेका हुन् । अन्य बिदामा मिलान गर्ने गरी बिदा दिन नगरपालिकाको सूचनामा भनिएको छ ।

त्यस सूचनासँगै नगरका तीन दर्जनभन्दा बढी विद्यालय बन्द भएको जनाइएको छ । यसअघि जिल्लाकै गौरीगञ्ज गाउँपालिकाले पनि जाडोका कारण दैनिक पठनपाठन सञ्चालन गर्न कष्टकर भएको भन्दै आगामी मङ्गलबारसम्मका लागि तीन दिन नै विद्यालय बिदा गर्ने सार्वजनिक गरिसकेको छ ।

इनरुवाः एक हप्तादेखि बढेको अत्यधिक चिसोको कारण इनरुवा नगरपालिकाले दुई दिनका लागि नगर क्षेत्रभित्र रहेका विद्यालयमा बिदा दिएको छ । इनरुवा नगरपालिकाले सूचना जारी गर्दै अत्यधिक चिसोका कारण इनरुवा नगर क्षेत्रका विद्यालयमा सोमबार र मङ्गलबार बिदा दिएको नगरपालिकाका प्रमुख राजन मेहताले बताए ।

चिसोमा बालबालिकालाई आउनजान र पठनपाठन गर्नका लागि समस्या हुने भएकाले दुई दिनका लागि बिदा दिएको नगरपालिकाका प्रमुख मेहताले बताए । नगरपालिकाले दिने गरेको विद्यालय बिदाको विषयमा विभिन्न टिप्पणी भएपछि नगरपालिकाले स्थानीय सरोकारवालासँग छलफल र परामर्शपछि मात्र बिदा दिएको नगरपालिकाका प्रमुख मेहताले बताए ।