१८ आश्विन २०८१, शुक्रबार
,
Latest
गाजामा बन्धक बनाइएका ६४ जनाको अवस्था अज्ञात, जीवित रहेको कुनै प्रमाण छैन त्रिभूवन विमानस्थलको सेवामा सुधार ल्याउन पर्यटनमन्त्रीको निर्देशन पूर्वराजा शाह र भुटानी राजाबीच भेट ‘कसरी घर जाने बाटोको अवस्था यस्तो छ’ सहकारी पीडितलाई न्याय दिने भन्दा पनि रविलाई कसरी फसाउने भन्ने नियतमा संसदीय समिति बनाइयो- रवि… सहकारीको रकम अपचलनमा मेरो संलग्नता नभेटिएपछि षड्यन्त्र गर्दैछन्: रवि लामिछाने प्रचण्डद्वारा यातायात क्षेत्रका प्रतिनिधिसँग छलफल, समस्या समाधानका लागि पहल लिने प्रतिबद्धता महँगी र कालोबजारी नियन्त्रण गर्न रास्वपा रुपन्देहीको सरकारलाई ध्यानाकर्षण विराटनगरमा ट्रकको ठक्करबाट साइकलयात्री वृद्धको मृत्यु, आइसीपी रोड तनावग्रस्त मनाङमा पर्यटकको चहलपहल बढ्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली सेनाले गर्यो निःशुल्क शल्यक्रिया



अ+ अ-

महोत्तरी । नेपाली सेनाले महोत्तरीमा सञ्चालन गरेको निःशुल्क बृहत् स्वास्थ्य शिविरमा ३२९ जनाको निःशुल्क शल्यक्रिया गरिएको छ । यही मङ्सिर २७ देखि पुस ५ गतेसम्मका लागि भनिएको शिविर बिरामीको चापलाई दृष्टिगत गर्दै आइतबार एक दिन थपिएको थियो ।

सोनमा गाउँपालिका–३ खखना माविमा आयोजित शिविरमा आर्मी हस्पिटलबाट आएको सर्जनसहितको विशेषज्ञ टोलीले १९४ पुरुष र १३५ महिलाको निःशुल्क शल्यक्रिया गरिएको सेनाका सर्जन प्रमुख डा सृजन मल्लले बताउनुभयो । शिविरमा १७८ जटिल, ४७ मध्यम र १०४ वटा साधारण शल्यक्रिया गरिएको डा मल्लले बताउनुभयो ।

त्यस्तै सो शिविरमा करिब २२ हजार बिरामीको उपचार र औषधि वितरणसमेत गरिएको जनाइएको छ ।