१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar ट्रम्पद्वारा भारतीय पाइलटको प्रशंसा News Polar ज्येष्ठ नागरिकलाई ज्ञान र अनुभवको सामाजिक सम्पदाका रूपमा सम्मान गर्नुपर्छ : मन्त्री बादी News Polar जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार लागुऔषध मुद्दाका प्रतिवादी पुनः पक्राउ News Polar दसैँअघि नै बर्दिया–कैलालीका उखु किसानले बक्यौता पाउने News Polar सुनसरीमा ५६४ किलो गाँजासहित सुमो बरामद, चालक फरार News Polar अडियो प्रकरणमा कृषिमन्त्री चौधरी : ‘व्यक्तिगत र पारिवारिक कुनै सम्बन्ध छैन’ News Polar ‘आफ्नै खेत बगेको भन्दा वडा भवन ढलेकामा दुःख लागेको छ ’ News Polar सह–पाइलटको आक्रमणपछि भारतीय पाइलटको प्रशंसा News Polar उपभोक्ताका रोजाइमा साल्ट ट्रेडिङद्वारा सञ्चालित सुपथ मूल्य पसल News Polar एसियाली खेलकुद : जुडोमा पुनम पराजित News Polar स्पष्ट कार्ययोजनासहित काम गर्न गेटा विश्वविद्यालय प्रशासनलाई आग्रह News Polar खोलामा पुल बन्यो, जाने बाटो छैन News Polar शरद ऋतुः ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति News Polar अधिवेशनमा सक्रिय सहभागिताका लागि पूर्वसभापति देउवाको अपिल News Polar वामपन्थी नेता बस्नेतको निधनले एमालेका केन्द्रीय सदस्यको सपथ ग्रहण स्थगित News Polar बाढी प्रभावित गल्छी –बैरेनीका १८० घरधुरीमा पुनःखानेपानी सेवा : स्थानीयवासी खुसी News Polar पहिरोमा परी बेपत्ता महिलाको शव फेलाः मृतकको सङ्ख्या १३ पुग्यो News Polar बाढीले क्षतिग्रस्त बेनी–जोमसोम सडक मर्मत सुरु News Polar शिक्षा क्षेत्रमा नीतिगत सुधारदेखि ‘डिजिटल’ सेवा विस्तारसम्म News Polar सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै

पत्रकार शर्मामाथि साङ्घातिक आक्रमण

पत्रकार शर्मामाथि साङ्घातिक आक्रमण
अ अ+ अ-

बाँके । बाँकेमा कार्यरत पत्रकार सङ्गीन शर्मामाथि आइतबार साङ्घातिक आक्रमण भएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश नं ५ कमिटी सदस्य पुजन विश्वकर्मासँग विवाद भइरहेको समयमा आएका दुई युवाले आफूमाथि साङ्घातिक आक्रमण भएको पत्रकार शर्माले जानकारी दिनुभयो ।

आक्रमणबाट पत्रकार शर्माको निधार, नाक र आँखाका माथिपट्टि चोट लागेको छ । नेकपा नेता विश्वकर्माले ती युवालाई बोलाएर आफूमाथि कुटपिट गराएको शर्माको दाबी छ । घाइते पत्रकार शर्माका अनुसार नेकपा नेता विश्वकर्माद्वारा सञ्चालित युगयान दैनिकको कार्यालयमा आपसी विवाद भइरहेको समयमा नेता विश्वकर्माले युवा बोलाई कुटपिट गर्न निर्देशन दिएका थिए । नेता विश्वकर्मासमेत नेपाल पत्रकार महासङ्घ बाँकेका साधारण सदस्य हुन् ।

नेता विश्वकर्माले भने आफूले कुटपिटका लागि युवा बोलाएको नभई आफ्नो कार्यालयमा पत्रकार शर्माले होहल्ला गरिरहेकाले उक्त घटना भएको जिकिर गर्नुभएको छ । “मेरो कार्यालयमा आएर अनावश्यक होहल्ला गरेका कारण तह लगाउन इलाका प्रहरी कार्यालयमा सुरक्षाकर्मी पठाइदिन आग्रह गरेको थिएँ”, पत्रिकाका प्रकाशकसमेत रहनुभएका नेता विश्वकर्माले भन्नुभयो, “सोही बखत मलाई भेट्न कार्यालयमा आएका गाउँका युवासँग पनि शर्माको विवाद भएपछि घटना भएको हो ।”

विगतमा विश्वकर्माकै पत्रिकामा कार्यरत पत्रकार शर्मा हाल कोहलपुरस्थित काँचुली खबर अनलाइनमा कार्यकारी सम्पादक हुनुहुन्छ । घटनास्थलमा पुगेको इलाका प्रहरी कार्यालय कोहलपुरको प्रहरी टोलीले दुवैजनालाई आइतबार साँझ नै इलाका प्रहरी कार्यालय कोहलपुरमा लगेर छलफल गराएको छ । कुटपिटमा संलग्न दुईजना भने फरार रहेका छन् ।

नेपाल पत्रकार महासङ्घ बाँकेका अध्यक्ष ठाकुरसिंह थारू, नेकपाका कोहलपुरस्थित नेताहरुसहित इलाका प्रहरी कार्यालयमा आइतबार राति अबेरसम्मको छलफलपश्चात् घटनामा संलग्न दोषीलाई प्रहरीले पक्राउ गर्नुपर्ने र घटनाको महासङ्घले छानबिन गर्ने तथा त्यसमा पनि चित्त नबुझे कानूनी प्रक्रियामा अघि बढ्ने सहमति भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।