१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवा बाढीपछि उद्धार तथा राहतका लागि सुरक्षा निकाय परिचालन, हेलिकप्टर स्ट्यान्डबाइमा बाढीको जोखिमपछि चार जिल्लातर्फ जाने सवारी काठमाडौंमै रोकियो रसुवामा भीषण बाढी: स्याफ्रुबेँसी र टिमुरेमा गम्भीर क्षति सडकमा सरकारी धराप रसुवाको भोटेकोशी नदीमा ठूलो बाढी, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह राप्रपा प्रवक्ता श्रेष्ठको आरोप : बागमती प्रदेशकी उपसभामुखले संवैधानिक निष्पक्षता गुमाइन्’ ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु कृषि कर्जासँगै किसानलाई वित्तीय र कृषि ज्ञान दिनुपर्नेमा जोड सिरहा भन्सार कार्यालय : राजस्व संकलनमा वृद्धि टप एन्ड टी–२० सिरिजः नेपाल ‘ए’ र अष्ट्रेलियन क्यापिटल मैदानमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

इनरुवामा ग्यास पसलको अनुगमन, कालोबजारी नभएको निष्कर्ष



अ+ अ-

काठमाडौं । जिल्ला प्रशासन कार्यालयले इनरुवामा रहेका ग्यास पसलहरूको अनुगमन गरेको छ। पछिल्लो समय ग्यासमा कालोबजारी बढेको भन्ने गुनासो आएपछि अनुगमन गरिएको अनुगमन समितिका संयोजक कृष्ण सुवेदीले जानकारी दिए।

उनका अनुसार इनरुवाका पाँचवटा पसलमा बिक्रीका लागि राखिएको सुविधा, प्रिमा, कमख्या र कोशी ग्यासको अवस्थाबारे अनुगमन गरिएको हो।

अनुगमनका क्रममा इनरुवामा आवश्यकताअनुसार ग्यास उपलब्ध रहेको, ग्यासमा कालोबजारी नभएको र उपभोक्ताले आवश्यक पर्दा नियमअनुसार ग्यास पाइरहेको पाइएको उद्योग वाणिज्य सङ्घ इनरुवाका उपाध्यक्ष गिरीराज अटलले जानकारी दिए।

अनुगमनमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, उद्योग वाणिज्य सङ्घ तथा उपभोक्ता प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

जिल्ला प्रशासन कार्यालय सुनसरीले ग्यासका उत्पादक, वितरक तथा डिलरहरूलाई अनावश्यक मौज्दात नराख्न, पालो प्रणालीमार्फत पारदर्शी रूपमा वितरण गर्न, कृत्रिम अभाव सिर्जना नगर्न, बजार मूल्यभन्दा बढी नलिन तथा खरिद–बिक्रीको विवरण व्यवस्थित रूपमा राख्न निर्देशन दिएको छ।

सुनसरी प्रशासनको निर्देशन उल्लङ्घन गरेको पाइएमा कानुनअनुसार कारबाही गरिने सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी घनश्याम न्यौपानेले जानकारी दिए।