२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पेट्रोलियम पदार्थको मूल्य वृद्धि



अ+ अ-

काठमाडौँ, १ चैत : नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।

अन्तरराष्ट्रिय बजारमा भएको मूल्य वृद्धि तथा आपूर्ति व्यवस्थापनको दबाबलाई कारण देखाउँदै नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टीतेलको खुद्रा बिक्री मूल्य वृद्धि भएको जनाएको छ ।

निगमका अनुसार नयाँ मूल्य आजैदेखि लागू हुने गरी समायोजन गरिएको छ । मूल्य समायोजनपछि पेट्रोलमा प्रतिलिटर रु ३१, डिजेलमा प्रतिलिटर रु ५४ तथा खाना पकाउने एलपि ग्यासमा रु २१६ वृद्धि गरिएको छ ।

सो मूल्य वृद्धि भएसँगै अब पेट्रोल प्रतिलिटर रु १८८, डिजेल रु १९६ र एलपि ग्यास प्रति सिलिन्डर रु दुई हजार १२६ रुपैयाँ कायम भएको छ ।

अन्तरराष्ट्रिय बजारमा बढेको मूल्यका आधारमा उक्त कम्पनीबाट प्राप्त नयाँ मूल्यसूचीअनुसार नेपालमा मूल्य समायोजन गर्नुपरेको निगमले जनाएको छ ।रासस