५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा

प्रधानमन्त्रीले भनिन्-सिंहदरबारमा सचिवहरुले फनफनी घुमाए

प्रधानमन्त्रीले भनिन्-सिंहदरबारमा सचिवहरुले फनफनी घुमाए
अ+ अ-

काठमाडौँ: प्रधानमन्त्री सुशीला कार्कीले सिंहदरबारमा कुनै पनि कामका लागि सचिवहरुले धेरै घुमाउने गरेको बताएकी छिन् । उनले  राससलाई दिएको अन्तर्वार्ताको एक प्रसंगमा यस्तो धारणा राखेकी हुन् ।

उनले सो अन्तर्वार्तामा भनेकि छिन् ‘हरेक कामलाई सचिवहरू फनफनी घुमाइरहँदा रहेछन् । आफ्नो स्वार्थको कुरामा दुई तीन वटा विकल्प ल्याउँछन्, आफ्नो स्वार्थको कुरा छैन र देशको कुरा छ भने त्यो हुँदैन र मिल्दैन मात्र भन्ने । अख्तियार देखाउने । केही सीप नलागे विवादमा परिन्छ हजुर पनि भन्ने । त्यो मैले रद्धी देखेको छु । सरकारको काममा ७५ प्रतिशत असर त्यहाँबाट परेको अनुभव मैले गरेकी छु ।’

त्यसैले सबैभन्दा ठूलो सुधार सिंहदरबारभित्र गर्नुपर्ने अवस्था रहेको आफूले देखेको उनले बताइन् । उनले भनेकि छिन्—सुधार गर्नुपर्ने ठाउँ त धेरै छन् देशमा । तर पनि देशकै प्रमुख प्रशासनिक निकायका रुपमा रहेको र सबैजसो मन्त्रालय रहेको सिंहदरबारमा पनि ठूलो सुधार गर्नुपर्दछ । नत्र सचिवहरु आफ्ना स्वार्थका बाहेक अरु कुनै काम नै नगर्ने अवस्था पनि आउन सक्दछ ।

त्यस्तै प्रधानमन्त्री कार्कीले त्यहाँ काम गर्ने कर्मचारीहरूमा राजनीतिकरण हुने गरेको देखिएको पनि बताएकी छिन् । सबैभन्दा ठूलो कुरा त त्यहाँ राजनीतिकरण गरिनु हुँदैन । त्यो जनतको काम गर्ने ठाउँ हो— उनले बताएकि छिन् ।

नयाँ सरकारले सबैभन्दा पहिला जेनजीले राखेका तीन वटा माग पूरा गर्नुपर्ने धारणा उनको छ । सुशासन कायम, भ्रष्टाचार नियन्त्रण र रोजगारीको व्यवस्था पूरा गर्नुपर्ने उनको भनाइ छ ।

‘सबैभन्दा ठूलो समस्या रोजगारीको अभाव छ । भएका अवसरमा पनि नातावाद छ । यस्तो अवस्था हटाउँदै आर्थिक स्थितिमा सुधार गर्नुपर्छ । खुलेआम भ्रष्टाचार रोक्नुपर्छ,’ उनले भनिन् । यस्तै यस्तै कारणले पनि समयमा कुनै परियोजना पूरा नहुने अवस्था विद्यमान रहेको उनको अनुभव छ ।

उनले भनेकि छिन् ‘नेपाली हो भने त पीर पर्नुपर्छ नि । आज म दुःखपूर्वक भन्दै छु, हामीले कुनै सहयोग पाएनौं । तर हामीले पूर्ण व्यावसायिक स्वतन्त्रताका साथ काम गर्न प्रेरित गरेपछि यसबीचमा अख्तियारले केही ठूला मुद्दा अघि बढाएको छ । ४०–४५ थान भ्रष्टाचारका मुद्दा यही सरकार आएपछि दर्ता गरेको छ । अन्यथा कतैबाट सहयोग भएन । कर्मचारीतन्त्र चुस्तदुरुस्त हुनुपर्छ । ठूलो क्रान्तिकारी कदम नै अब कर्मचारीतन्त्र सुधारका लागि चाल्नु आवश्यक देख्दछु । अहिलेकै तरिकाले त राम्रो छवि ल्याउने देखिँदैन,’ उनले भनेकी छन् ।

प्रधानमन्त्री कार्कीले आफूले विषम परिस्थितिमा प्रधानमन्त्री भएर जुन काम गर्नुपर्ने हो, त्यो पूरा गरेको पनि स्पष्ट गरिन् । उनले भनिन्— समय सहज थिएन र सहयोग कतैबाट पनि थिएन । तर पनि मैले राष्ट्रले तोकेको जिम्मेवारी पूरा गरेको छु । सरकारलाई निर्वाचन गराउने जिम्मेवारी थियो, त्यो पूरा भयो । म अब पुरानै निजी दैनिकीमा फर्किंने सोच बनाएकि छु ।