१४ श्रावण २०८३, बिहीबार
,
Latest
सेवा प्रवाह प्रभावकारी बनाउन मन्त्रालयलाई मन्त्री सिता बादीको निर्देशन शिक्षामन्त्रीद्वारा मानसिक स्वास्थ्यलाई नीतिगत प्राथमिकतामा राख्ने प्रतिबद्धता स्थानीय तहमा विस्तार हुँदै जग्गा प्रशासन, थप ४ पालिकामा पुग्यो नापी–मालपोत सेवा प्रधानमन्त्री वालेन्द्र शाहले आज साँझ देशवासीका नाममा सम्बोधन गर्ने काठमाडौं महानगरसँग ऊर्जा मन्त्रालयको सहकार्य प्रस्ताव, सौर्य ऊर्जा र ‘वेस्ट टु इनर्जी’ परियोजनामा जोड देवानगञ्ज घटनाप्रति एमाले अध्यक्ष ओलीको चिन्ता, संयम र संवादमार्फत समाधान खोज्न आग्रह वीरगञ्जका मुख्य क्षेत्रमा निषेधाज्ञा, भेला–जुलुस र प्रदर्शनमा रोक सुनसरी जाँदै गृहमन्त्री गुरुङ, झडपमा ज्यान गुमाएका मेहता परिवारसँग भेट्ने मधेस प्रदेशको वर्तमान परिस्थितिबारे कोशी र मधेसका सांसदसँग रास्वपा सभापति रवि लामिछानेको छलफल आपसी सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रपति पौडेलको अपिल
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते



अ+ अ-

तनहुँ। तनहुँको भिमाद नगरपालिका–९ अस्पाक्दीमा आज भएको ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

रिठ्ठाभञ्ज्याङ–सेराबेँसी मोटर मार्गमा बुचाखानीबाट निर्माण सामग्री लिएर जाँदै गरेको लु३त ३०२६ नम्बरको ट्याक्टर नालीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार दुर्घटनामा ट्याक्टरमा सवार कपिलवस्तुको शिवराज नगरपालिका–१ चैनपुरका ४५ वर्षीय माइला भन्ने लड्डु थारुको मृत्यु भएको हो ।

दुर्घटनामा ट्याक्टर चालक तनहुँको म्याग्दे गाउँपालिका–५ छाङपाटन बस्ने ३२ वर्षीय अनिल कुमाल, कपिलवस्तुका नारायण पुन र दुर्गाबहादुर पुन घाइते हुनुभएको छ ।

घाइतेहरूलाई जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचारपश्चात् घर पठाइएको प्रहरी नायब उपरीक्षक विकले जानकारी दिनुभयो। रासस




भर्खरै