२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसले समानुपातिकतर्फका २० जना सांसदको नाम टुंग्याएको छ। आइतवार पार्टी कार्यलय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले सांसदहरूको नाम चयन गरेको काँग्रेसका प्रवक्ता देवराज चालिसेले जानकारी दिए।

चालिसेका अनुसार, संघीय संसदमा ३३ प्रतिशत महिला प्रतिनिधित्व अनिवार्य भएकाले २० सिटमध्ये १५ जना महिला अनिवार्य रहेका छन्। उनीहरूले विभिन्न जातीय र सामाजिक समूहको सन्तुलन मिलाउँदै समानुपातिक सांसदको सूची तयार गरेका छन्।

उनका अनुसार, अनिवार्य महिलामध्ये आदिवासी जनजातीबाट ६, खसआर्यबाट ६, र थारु, दलित, मधेसी, मुस्लिम र पिछडिएको क्षेत्रबाट ५ जना महिला सांसद चयन गरिएको छ। बाँकी पाँच सिट समावेशी आधारमा अन्य सांसदलाई चयन गरिएको छ।

चालिसेले भने, “संघीय संसदमा ३३ प्रतिशत महिला प्रतिनिधित्व अनिवार्य छ। यस अनुसार हामीले २० जना प्रतिनिधि छान्दा १५ जना महिला अनिवार्य छन्। बाँकी सबै समावेशी आधारमा छानिएका छन्। यो बन्दसूची आजै निर्वाचन आयोगमा पठाइनेछ र आयोगले सार्वजानिक गर्नेछ। आवश्यक परे केही सानो समायोजन आयोगमा गर्न सकिन्छ, तर यसअघि पठाइएको सूचीमा ठूलो परिवर्तन सम्भव छैन।”

उनले आगामी निर्वाचनको समीक्षा गर्न केही दिनभित्रै केन्द्रीय कार्यसमितिको बैठक बोलाउने जानकारी पनि दिए।