५ पुष २०८२, शनिबार
,
Latest
नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम संवैधानिक कमजोरी सच्याउँदै राष्ट्रपतिबाट संसद् पुनर्स्थापनाको घोषणा गर्नुपर्छ–एमाले राप्ती र नारायणीमा भेटिए नौ भाले घडियाल साँघुरा ढोकाले थापाथलीका चार अखडामा गाई पाल्न समस्या नेकपाले तोक्यो राष्ट्रिय सभा र प्रतिनिधि सभा उम्मेदवार छनोटका लागि योग्यता र मापदण्ड बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिभुवन आर्मीलाई हराउदै मनाङ मस्र्याङ्दी विजयी



अ+ अ-

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा मनाङ मस्र्याङ्दी क्लब विजयी भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशलामा भएको खेलमा मनाङ मस्र्याङ्दीले त्रिभुवन आर्मी क्लबलाई १–० गोलअन्तरले पराजित गरेको हो । मनाङको जीतमा दयानन्द सिंहले निर्णायक गोल गर्नुभयो । उहाँले खेलको मध्यान्तरपछिको अत्तिरिक्त समयमा रिबाउन्ड बललाई सदुपयोग गर्दै गोल गर्नुभएको थियो ।

जितसँगै मनाङ लिगको शीर्ष स्थानमा उक्लिएको छ । मनाङले दुई खेलमा शीर्ष ६ अङ्क जोडेको छ । यसअघि मनाङले आफ्नो पहिलो खेलमा विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ)लाई २–० गोल अन्तरले पराजित गरेको थियो । यता पराजित आर्मीको भने यो पहिलो हार हो । आर्मीले पहिलो खेलमा फ्रेन्ड्स क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको थियो । खेलमा मनाङका गोल रक्षक दीप कार्की ‘म्यान अफ दी म्याच’ घोषित हुनुभयो ।