१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल

किसानलाई सिँचाइको समस्या

किसानलाई सिँचाइको समस्या
फाइल फोटो
अ अ+ अ-

सुनसरी। सुनसरीका विभिन्न स्थानमा मकै र गहुँखेती गर्दै आएका किसानलाई सिँचाइको समस्या भएको छ ।

सदरमुकाम इनरुवासहित भोक्राहा, हरिनगर, भोक्राहालगायत स्थानी तहमा मकै तथा गहुँखेती गर्दै आएका किसानलाई सिँचाइको समस्या भएको हो ।

सप्तकोसी नदीको सतह मुनि गएको र नहरमा पनि पानी नआएका कारण मकै तथा गहुँखेती गरेका किसानलाई सिँचाइको समस्या भएको इनरुवा–६ का देवनारायण यादवले बताउनुभयो । कतिपय बेलामा नहरमा पर्याप्त मात्रामा पानी हुने गरेको भए पनि सिँचाइ गर्नुपर्ने बेला पानी नहुँदा रु तीन लाख ५० हजारको लागतमा सात बिघामा मकैखेतीमा सिँचाइ गर्न समस्या भएको उहाँले गुनासो गर्नुभयो ।

मकैखेती गरेको भए पनि अहिले सिँचाइ अभावका कारण मकैको बोट नै सुक्ने अवस्थामा पुगेको स्थानीय किसानको भनाइ छ । नहरको पानीका भरोसामा मकै तथा गहुँ बाली लगाएको भए पनि नहरमा पानी पर्याप्त मात्रामा नआउने गरेकाले समस्या भएको किसान माधव भण्डारीले बताउनुभयो ।

शङ्करपुर शाखा नहरमा सिँचाइका लागि पानीको माग गर्दै आएको भए पनि पालो सिष्टममा पानी आउने गरेका कारण पर्याप्त मात्रामा बालीमा सिँचाइ गर्न नपाउने गरेको पीडित किसानको गुनासो छ । हजारौँ हेक्टरमा लगाएको मकै, गहुँ र तरकारी बाली सिँचाइ अभावमा सुक्न लागेकाले शङ्करपुर शाखा नहरमा पर्याप्त पानीको मागसमेत किसानले गरेका छन् ।

जिल्लामा यस वर्ष १२ हजार ६३ हेक्टर क्षेत्रमा गहुँखेती र सात हजार ५२० हेक्टर क्षेत्रफलमा मकैखती गरिएको कृषि ज्ञान केन्द्र इनरुवाका प्रमुख निलकमल सिंहले जानकारी दिनुभयो । रासस