१२ असार २०८३, शुक्रबार
,
Latest
रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने उद्योग मन्त्रालयद्वारा शासकीय सुधारका ३२ कार्य सम्पन्न बारेकोटलाई रु २३ लाख ६० हजारको राहत सामग्री हस्तान्तरण सबै सञ्चारमाध्यमले समान रूपमा विज्ञापनको अधिकार पाउनेछन्ः मुख्यमन्त्री कार्की सवारी दुर्घटना न्यूनीकरण गर्न १६ लाख बढीलाई ट्राफिक सचेतना दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ ऊर्जामन्त्री श्रेष्ठद्वारा जलविद्युत् आयोजना र गलेश्वर पहिरो क्षेत्रको निरीक्षण शुक्रबार समूह चरणका निर्णायक खेल हुँदै : एमबाप्पे र हाल्यान्ड भिड्दै रूस र युक्रेनबीच युद्धबन्दी सैनिक आदान–प्रदान गण्डकी प्रदेशसभा : मन्त्रालयगत विनियोजन शीर्षकमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कप क्रिकेटका लागि सुदूरपश्चिमको प्रारम्भिक टोली घोषणा



अ+ अ-

सुदूरपश्चिम।  प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट खेल्नका लागि सुदूरपश्चिम प्रदेशको प्रारम्भिक टोली छनोट गरिएको छ ।

सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका सचिव लक्ष्मणदत्त भट्टले ३३ खेलाडीलाई छनोट गरेर बन्द प्रशिक्षणका लागि बोलाएको बताउनुभयो । गत माघमा सञ्चालन भएको प्रादेशिक छनोट प्रतियोगिताबाट गरेको प्रदर्शनका आधारमा प्रारम्भिक टोलीको घोषणा गरिएको उहाँले जानकारी दिनुभयो ।

छनोट हुने खेलाडीमा शेर मल्ल, भोजराज भट्ट, अशोक धामी, हेमन्त धामी, सौर्य श्रेष्ठ, विकास आग्री, किरन ठगुन्ना, टेक रावत, अरुण ऐरी, खडक बोहरा, अभिषेक पाल, प्रकाश पाण्डे, दीपक बोहरा, आयुव चन्द, राहुल भण्डारी, मिलन बोहरा रहेका छन् । यस्तै, नारायण जोशी, आर्यन टमटा, लोकेन्द्र चन्द, वसन्त सिंह कार्की, आर्यन बेचे, आयुश चन्द, अर्जुन विक, राजु रिजाल, सचिन भट्ट, राज विक, सुनिल चन्द, नरेन भट्ट, कैलाश ऐर, वीरेन्द्र बम, हिक्मत महरा, विशाल ऐर र आशिष तिरुवा पनि टोलीमा रहेका छन् ।

छनोट भएका खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको र बन्द प्रशिक्षणमा उत्कृष्ट प्रदर्शनका आधारमा अन्तिम टोली घोषणा गरिने प्रादेशिक क्रिकेट सङ्घका कोषाध्यक्ष दिनेश सिंहले बताउनुभयो । रासस