५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा

नेपालको अर्थतन्त्र १०० बिलियन डलर पुर्‍याउन एनआरएनको लगानी अपरिहार्यः हेमराज ढकाल

नेपालको अर्थतन्त्र १०० बिलियन डलर पुर्‍याउन एनआरएनको लगानी अपरिहार्यः हेमराज ढकाल
अ+ अ-

काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) का उपाध्यक्ष हेमराज ढकालले नेपालको अर्थतन्त्रलाई १०० बिलियन डलरको बनाउन गैरआवासीय नेपाली (एनआरएन) को लगानी अपरिहार्य रहेको बताउनुभएको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२ औं महाधिवेशनलाई सम्बोधन गर्दै उपाध्यक्ष ढकालले सन् २०२६ मा नेपाल अति कम विकसित राष्ट्र (एलडीसी) बाट स्तरोन्नति भएपछि वैदेशिक सहायता घट्ने हुँदा देश विकासका लागि डायस्पोराको लगानी आवश्यक रहेको बताउनुभएको हो ।

उपाध्यक्ष ढकालले युवाहरू विदेशिने क्रमलाई ‘ब्रेन ड्रेन’ (प्रतिभा पलायन) का रूपमा मात्र नहेरी ज्ञान र पुँजी निर्माणको अवसरका रूपमा लिनुपर्ने बताउनु भयो । आफू पनि ३० वर्ष जापान बसेर त्यहाँको पद्धति र सीप सिकेर नेपाल फर्की व्यवसाय गरिरहेको उदाहरण दिँदै उहाँले दक्षिण कोरिया र जापानको सफलताबाट नेपालले सिक्नुपर्नेमा जोड दिनुभयो ।

लगानीको वातावरण बनाउन सरकारले कानूनहरूमा द्रुत रूपमा सुधार गर्नुपर्नेमा उहाँको जोड छ । जबसम्म आफ्नै डायस्पोरालाई नेपालमा लगानी गर्न विश्वस्त बनाउन सकिँदैन तबसम्म प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) आउन नसक्ने ढकालको दाबी छ ।

उहाँले भन्नुभयो, ‘हाम्रो आन्तरिक स्रोतले मात्र सय बिलियन डलरको अर्थतन्त्र बनाउन सम्भव छैन । एलडीसी ग्राजुएसनपछि वैदेशिक सहायताको योगदान कम हुने भएकाले नेपाललाई रूपान्तरण गर्न एनआरएनको लगानी बढाउनुको विकल्प छैन । सन् १९६६ तिर कोरियाले बाहिर गएका आफ्ना नागरिकलाई कर छुट र प्रशासनमा पहुँच दिएर फर्कायो, जसको अनुसन्धान र लगानीबाट हुन्डाई र किया जस्ता कम्पनी जन्मिए । जापानले पनि पेरु र ब्राजिल गएका आफ्ना नागरिकलाई फर्काएर उनीहरूको सीपको उपयोग ग¥यो । अब हामीले पनि ग्लोवल मार्केटमा रहेको नेपालीको नलेजलाई नेपालमा कनेक्ट गर्नुपर्छ । यसो गर्न सके अर्थतन्त्रलाई १०० बिलियन डलरभन्दा माथि लैजान सकिन्छ । हाम्रो डायस्पोराले वार्षिक करिव ३० देखि ३५ बिलियन डलर कमाइरहेको छ। त्यसको सानो हिस्सा मात्र नेपाल ल्याउन सके पनि यहाँ ठूलो रोजगारी सिर्जना हुन्छ र एफडीआई भित्र्याउन सहज हुन्छ ।’
‘सार्क ट्याङ्क नेपाल’को अनुभव सुनाउँदै उनले विदेशबाट फर्केका युवाहरूले ग्लोवल मार्केटलाई लक्षित गरी नयाँ र इनोभेटिभ आइडिया ल्याइरहेको बताउनु भयो । राजनीतिक स्थिरता र कानुनमा सुधार हुँदै गएकोले आगामी दशक नेपालको लागि ‘स्वर्णिम दशक’ हुने उहाँको विश्वास छ । –न्युज एजेन्सी नेपाल