२० भाद्र २०८३, शनिबार
,
Latest
ग्यासको ढुवानी खर्च वृद्धिको वैज्ञानिक आधारमाथि सांसद भण्डारीको प्रश्नः व्यवसायीलाई अनुचित लाभ दिएको आरोप पेट्रोलियम पदार्थको मूल्यवृद्धिप्रति सांसद कार्कीको आपत्तिः २५ लाख सहयोग देखाएर ११ करोड असुल्नु न्यायोचित भएन बाढी प्रभावित क्षेत्रमा डिएनए नमूना संकलन केन्द्र सञ्चालन अमेरिकामा दादुराको प्रकोप तीव्र, सङ्क्रमितको सङ्ख्या ३ हजार पार पहिरोले कर्णाली करिडोर अवरुद्ध मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि सहकार्य आवश्यकः प्रधानमन्त्री भोटेकोशी बाढीमा परेर भारतीय मूलका चार अष्ट्रेलियन नागरिक सम्पर्कविहीन इरानमाथि दबाब बढाउँदै अमेरिका र युरोपेली राष्ट्र भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी दाइ अब ‘वसन्त श्रवण’ कहिले गर्ने ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोलको मर्मत तथा नयाँ जडान गर्न काठमाडौँका यी स्थानमा काटिदैछ आज बिजुली



अ+ अ-

काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा आज विद्युत् कटौती गर्ने भएको छ ।

प्राधिकरणले एक सूचना प्रकाशित गरी, गोठाटार र बत्तीसपुतली फिडर अन्तरगतका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ ।प्राधिकरणको बानेश्वर वितरण केन्द्रको कार्यक्षेत्रमा पर्ने ती दुवै फिडरबाट वितरण हुने पेप्सीकोला, टाउन प्लानिङलगायतका क्षेत्रमा वितरित ११ केभी लाइन मर्मत गर्न लागिएको छ ।

जीर्ण अवस्थामा रहेका पोलको मर्मत तथा नयाँ जडानका कार्यका लागि बिहान ११ बजेदेखि अपराह्न १ः३० बजेसम्म पेप्सीकोला, टाउन प्लानिङ क्षेत्रमा बिजुली कटौती हुनेछ ।

यस्तै, मध्य बानेश्वर, पूरानो बानेश्वर, बत्तीसपुतली क्षेत्रमा भने अपराह्न २ बनेदेखि ४ बजेसम्म बिजुली कटौती हुने सूचनामा उल्लेख छ ।

तोकिएको कार्य समय अगावै सकिएमा बिजुली नियमित रूपमा सञ्चालन हुने छ । बिजुली कटौती हुँदा उपभोक्तामा पर्न जाने असुविधाप्रति प्राधिकरणले क्षमा मागेको छ । रासस