१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन

एनआरएनएको १२ औँ महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयन हुन्छः डा. बद्री केसी

एनआरएनएको १२ औँ महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयन हुन्छः डा. बद्री केसी
अ अ+ अ-

काठमाडौँ। गैर आवासीय नेपाली संघ (एनआरएनए) को १२ औँ महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयन हुने दाबी गरिएको छ ।

शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गरी एनआरएनएका अध्यक्षद्वय डा. बद्री केसी र महेश श्रेष्ठ लगायतले फागुन ३० गतेबाट शुरु हुने सो महाधिवेशनको नेतृत्व सहमतीमा चयन गर्ने बताउनुभएको हो ।

अध्यक्ष केसीले अध्यक्ष लगायतका पदमा सर्वसम्मत हुने र केही पदमा सर्वसम्मति नभए मात्रै निर्वाचनमा जाने गरी आफूहरुले सहमतीको प्रयास जारी राखेको समेत बताउनु भयो ।

उहाँले भन्नुभयो,‘सबै विमतिहरु टुंगिएका छन् । यद्यपि अहिले यो एकताको सुरुवात मात्रै हो । जसरी गैर आवासीय नेपाली संघको जन्म भएको थियो । अव यसको पुनर्जन्म हुन्छ ।

अब यो संस्थाले सबै नेपालीहरुलाई एकसाथ जोडेर सबैलाई संस्थाको अपनत्व हुनेगरी अगाडि बढ्छ । यसका लागि धेरै गृहकार्यहरु भइसकेका छन् ।

हाम्रो अघि प्रेस मिटमा निर्वाचन तालिका उल्लेख गरिएको छ । हामी सायद निर्वाचन गर्दैंनौ होला । सबै पदाधिकारीहरुलाई काम गर्र्ने गरी समेटेर अघि बढ्नेछौँ । अध्यक्षको तीन जना प्रत्यासीहरुमध्ये २ वटा प्रत्यासीको बीचमा सहमती भइसकेको छ । र, तेस्रो प्रत्यासीसँग पनि सहमति हुनेमा हामी विश्वस्त छौ । केही पदमा सहमती नभए निर्वाचन हुन्छ । तर महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयन हुन्छ ।’

सहमतीबाट नेतृत्व चयनका लागि अध्यक्षका प्रत्यासी रोविन शेरचनले उम्मेदवारी फिर्ता लिनुभएको छ । अध्यक्ष केसीले अध्यक्षको तीन जना प्रत्यासीहरुमध्ये २ वटा प्रत्यासीको बीचमा सहमती भइसकेको जानकारी दिनुभयो ।

उहाँले एनआरएनएहरुबीचको एकतालाई बलियो बनाउन पनि आफूहरुले महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्ने कामलाई प्राथमिकताका साथ अघि बढाएको समेत बताउनु भयो । भोलिबाट काठमाडौंमा शुरु हुने महाधिवेशनको उद्घाटन प्रधानमन्त्री सुशीला कार्कीले गर्नुहुनेछ । –न्युज एजेन्सी नेपाल