६ श्रावण २०८३, बुधबार
,
Latest
महासंघका आठ वटा विषयगत समितिले पाए पूर्णता, सदस्यलाई मनोनयन पत्र हस्तान्तरण वैज्ञानिक उपायहरू समेटिएको स्पष्ट कार्ययोजना तयार गर्न मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन टास्क फोर्सले मन्त्री चौधरीको निर्देशन आयुर्वेद तथा वैकल्पिक चिकित्सा सुधारका लागि उच्चस्तरीय छलफल,आयुर्वेदिक पर्यटन प्रवर्द्धनमा सरकारको जोड बैंकिङ कसुर मुद्दामा शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ कञ्चनपुर भन्सारबाट १३ प्रतिशत राजस्व सङ्कलनमा कमी जनकपुरधाममा छ अर्ब छ करोड ७८ लाख राजस्व सङ्कलन रासायनिक मल आपूर्ति सुदृढ, रक्सौलमा १,२५० मेट्रिक टन डीएपी आइपुग्यो काँग्रेस र प्रजातन्त्रवादीहरूलाई गगन थापासँग सती जान नदिउँ, नयाँ पार्टी निर्माण गरौँः मोहन बस्नेत गणेश नेपाली मृत्यु प्रकरण छानबिन गर्न पूर्वन्यायाधीश बास्तोलाको संयोजकत्वमा न्यायिक समिति गठन मन्त्रिपरिषद्को बैठक: यस्ता छन् निर्णयहरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिमालय एअरलाइन्सको ५ विशेष उडानबाट दुबईबाट ७६५ नेपाली स्वदेश फर्किए



अ+ अ-

काठमाडौं । हिमालय एअरलाइन्सको ५ विशेष उडानबाट दुबईबाट ७६५ नेपाली स्वदेश फर्किएका छन् ।

खाडी क्षेत्रमा हाल जारी परिस्थितिका कारण प्रभावित भएका नेपाली नागरिकहरूको स्वदेश फिर्तीलाई सहजीकरण गर्न हिमालय एअरलाइन्सले ८ मार्च २०२६ देखि दुबईमा विशेष उडानहरू सञ्चालन प्रारम्भ गरेको छ । प्रभावित यात्रुहरूको सुरक्षित तथा समयमै स्वदेश फिर्ती सुनिश्चित गर्न एअरलाइन्सले नेपाल सरकार तथा सम्बन्धित निकायहरूसँग नजिकबाट समन्वय गर्दै आएको छ ।

यस क्रममा एअरलाइन्सले ८ मार्च २०२६ बाट काठमाडौँ–दुबई उडानमार्फत पहिलो विशेष उडान सञ्चालन गरेको थियो । नियमित उडानहरूमा आएको अवरोधका कारण यात्रा गर्न नसकेका नेपालीलाई एअरलाइन्सले स्वदेश फर्काउने व्यवस्था गरेको छ । हिमालय एअरलाइन्सले दैनिक एक नियमित उडान सञ्चालन गरिरहेको छ ।

हिमालय एअरलाइन्स यस चुनौतीपूर्ण परिस्थितिमा नेपाली नागरिकहरूलाई सहयोग गर्न प्रतिबद्ध रहँदै विमानस्थल प्राधिकरण, कूटनीतिक नियोगहरू तथा सम्बन्धित सरोकारवालाहरूसँग समन्वय गर्दै सुरक्षित यात्राको व्यवस्था मिलाइरहेको छ ।

हाल यस रुटमा हिमालय एअरलाइन्सले दैनिक एक नियमित उडान सञ्चालन गर्दै आएको छ र ८ मार्चदेखि हालसम्म ७६५ नेपाली नागरीकलाई स्वदेश फिर्ता ल्याउन हाल सम्म पाँच वटा उडान सञ्चालन गरिसकेको छ ।




भर्खरै