२३ श्रावण २०८३, शनिबार
,
Latest
माङसेबुङका ११ विद्यालयमा लिम्बू र वान्तवा भाषा अनिवार्य झापामा मतदाता नामावलीमा नाम दर्ता गर्न राष्ट्रिय परिचयपत्रको प्रयोग बढ्दो लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ कर्णाली प्रदेशसभाः विपद् प्रतिकार्यसहित लागु औषध नियन्त्रण गर्न प्रदेश सरकारको ध्यानाकर्षण यस्तो छ आज विदेशी मुद्राको विनिमय दर देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना तीन प्रज्ञा प्रतिष्ठानमा पदाधिकारी नियुक्त मध्यरातमा प्रधानमन्त्रीको स्टाटस ‘कहिलेकाहीँ एक्लै लड्नुपर्छ,यो पहिलोचोटि होइन’ पाकिस्तानका हिमालमा सुरक्षा सुनिश्चित नभए नेपाली आरोहीलाई रोक्नुपर्छ : आरोही परियार पोखरा सार्वजनिक पुस्तकालय ‘पोखरा घर’मा
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुल्मीमा ३७० मिटर लामो झोलुङ्गे पुल निर्माण, स्थानीय र पर्यटक खुशी



अ+ अ-

काठमाडाैँ । गुल्मी जिल्लाको धुर्कोट गाउँपालिका र इस्मा गाउँपालिकालाई जोड्ने छल्दी खोलामा ३७० मिटर लामो झोलुङ्गे पुल निर्माण गरिएको छ। धुर्कोटको वस्तु र इस्मा गाउँपालिकाको राङ्दलचौरलाई जोड्ने यस पुलले स्थानीयका लागि घण्टौँ लाग्ने यात्रा अब छोटो बनाएको छ।

सस्पेन्सन ब्रिज डिभिजन ललितपुरमार्फत रु एक करोड ८४ लाखको लागतमा निर्माण गरिएको पुलको भारवहन क्षमता ७९९ जना मानिस रहेको छ। स्थानीय रामबहादुर मुखियाका अनुसार हिउँदयाममा खोला तरेर वारिपारि गरिन्थ्यो, तर वर्षायाममा धेरै घुम्नुपर्ने बाध्यता थियो, अब त्यो समस्या टरेको छ।

स्थानीय बोमलाल भण्डारीले भने, “झोलुङ्गे पुलले पर्यटकीय स्थल विचित्र गुफा र हिमालय मावि पुग्ने विद्यार्थीलाई समेत ठूलो राहत दिएको छ।” तारा बोहोराका अनुसार पुल बनेपछि घुमघाम, टिकटक बनाउन र तस्बिर खिच्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ।

धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोख्रेलले बताए अनुसार, मदनभण्डारी राजमार्गबाट झोलुङ्गे पुल तरेपछि विचित्र गुफा पुग्न अब केवल १० मिनेट लाग्नेछ। लामो पुलले क्षेत्रको पर्यटन विकासमा समेत थप टेवा पुगेको उनले उल्लेख गरे ।