२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

नाफिज सदस्यहरुलाई युरोलोजी तथा किड्नी अस्पतालमा २० प्रतिशत छुट



अ+ अ-

काठमाडाैँ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) का सदस्यहरुलाई युरोलोजी तथा किड्नी अस्पतालमा २० प्रतिशत छुट पाउने भएका छन् । बिहीबार नाफिज र अस्पताल बीच छुट सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको हो ।

सम्झौतामा नाफिज अध्यक्ष मेनुका कार्की र अस्पतालका अध्यक्ष शिव कुमार कटवालले हस्ताक्षर गरेका छन् । यो सम्झौता अनुसार नाफिजका सदस्यहरुले अस्पतालबाट प्रदान हुने सबै सेवामा २० प्रतिशत छुट पाउने छन् ।

समाचार लेख्ने पत्रकारहरुको स्वास्थ रहनु भनेर यो सम्झौता गरिएको नाफिज अध्यक्ष मेनुका कार्कीले बताइन् । नाफिज आफ्ना सदस्यहरुको क्षमता अभिवृद्धिसँगै स्वास्थ्यका क्षेत्रमा पनि काम अघि बढाइएको अध्यक्ष कार्कीले बताइन ।

यो सम्झौता अनुसार एक वर्षसम्मको अवधिमा नाफिजका सदस्यहरुले यो सुविधा पाउने छन् । सम्झौताका अबसरमा अस्पतालका अध्यक्ष कटवालले किड्नीको समस्या ७० प्रतिशत सम्म बिग्रेपछि मात्रै जानकारी हुने भएकाले पहिले नै सबैले सचेत भएर परीक्षण गर्नु पर्ने बताए ।

५० सदस्यको निशुल्क किड्नी परीक्षण
यसै बिच विश्व किड्नी दिवसको अबसरमा नाफिजका ५० जना सदस्यहरुको निशुल्क किड्नी परीक्षण समेत गरिएको छ । अस्पतालका डाक्टरहरुले नाफिजका सदस्यहरुको निशुल्क रुपमा किड्नीको परीक्षण गरेर किड्नीको अवस्थाका विषयमा जानकारी गराएका थिए ।

किड्नी बिग्रिए पछि निकै महंगो हुने तर पहिले नै जानकारी पाएको खण्डमा किड्नी बिग्रिनबाट जोगिने भएकाले यसलाई नाफिज सदस्यहरुको किड्नी आज निशुल्क परीक्षण गरिएको र आगामी दिनमा पनि अस्पतालबाट दिने सेवामा २० प्रतिशतको छुट पाउने ग्यारेन्टि गरिएको नाफिजका महासचिव निकेश खत्रीले जानकारी दिए ।