२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

विशेष महाधिवेशन अनुचित सिद्ध भयो, सर्वोच्चले विचाराधीन मुद्दा छिटो टुङ्ग्याओस्ः नेता सिटौला



अ+ अ-

काठमाडौँ। नेपाली कांग्रेसका नेता तथा राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले विशेष महाधिवेशनलाई उचित नठानेको स्पष्ट पारेका छन्।

बुधबार सिंहदरबारमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले भने, “विशेष महाधिवेशनलाई हामीले अहिलेसम्म पनि उचित ठानेका छैनौँ। अहिले सर्वोच्च अदालतमा विचाराधीन मुद्दा छ, त्यसलाई छिट्टै टुङ्ग्याओस्, हामी त्यही चाहन्छौँ। अदालतका न्यायाधीशहरूले यसलाई चाँडै टुङ्ग्याइदिए हुन्थ्यो।”

उनले अदालतमा विचाराधीन मुद्दालाई छिटो समाधान गर्न आग्रह गर्दै पार्टीको आन्तरिक विवादको निर्णय आएपछि मात्रै अन्योल हटेर पार्टीले अगाडि बढ्न सहज हुने बताए ।

हालको अवस्थामा अदालतको फैसलाप्रति प्रतिक्षा गर्नुपर्ने भएकोले पार्टीभित्रको राजनीतिक तरलता र गुटगत मतभेद स्पष्ट भएको नेता सिटौलाले बताए । अदालतको फैसला आएपछि मात्र पार्टी एकताबद्ध भएर अगाडि बढाउने विषयमा थप छलफल हुने उनको भनाइ छ।