२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रत्यक्षतर्फ ५ प्रतिशतभन्दा बढी मत बदर



अ+ अ-

काठमाडौँ ।  प्रतिनिधि सभा निर्वाचनमा बदर मतको प्रतिशत उच्च देखिएको छ । निर्वाचन आयोगले करोडौं खर्च गरेर मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरे पनि फागुन २१ गते सम्पन्न निर्वाचनमा प्रत्यक्षतर्फ ५ प्रतिशतभन्दा बढी मत बदर भएको छ भने समानुपातिकतर्फ करिब ३ प्रतिशत मत बदर भएको प्रारम्भिक तथ्यांकले देखाएको छ ।

निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार, यस पटकको मतदाता शिक्षा कार्यक्रमको मुख्य उद्देश्य बढीभन्दा बढी मतदातालाई मतदानमा सहभागी गराउने र बदर मत न्यून गर्नमा केन्द्रित थियो। तर प्रारम्भिक परिणामले आयोगको अपेक्षाअनुसार बदर मत कम हुन नसकेको देखाएको छ ।

बदर मतको प्रमुख कारण प्रत्यक्षतर्फ एउटै मतपत्रमा मतदाताले दुई वा सोभन्दा बढी उम्मेदवारमा चिह्न लगाउनु रहेको आयोगले प्रारम्भिक अध्ययनबाट पत्ता लगाएको छ । यस्तो अवस्थामा मतपत्र स्वतः बदर हुन्छ। यद्यपि, बदर मतको वास्तविक कारण र प्रकृतिबारे आयोगले अझ विस्तृत अध्ययन गरिरहेको छ ।

उच्च बदर मतदरलाई ध्यानमा राख्दै आयोगले भविष्यमा मतदाता शिक्षाको शैलीमा परिवर्तन गर्ने योजना बनाएको छ । परम्परागत शिक्षा कार्यक्रम मात्र प्रभावकारी नभएको निष्कर्ष निकाल्दै आयोगले अब उम्मेदवार र राजनीतिक दललाई सिधा मतदाता शिक्षामा परिचालन गर्ने रणनीति बनाएको छ । विस्तृत अध्ययन प्रतिवेदन आएपछि बदर मतका कारणहरू आम मतदातासँग सार्वजनिक गरिनेछ ।