२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिग : बार्सिलोना न्यूक्यासलसँग बराबरीमा रोकियो, टोटेनह्याम र लिभरपुलको हार



अ+ अ-

युरोपेली फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको पहिलो लेगमा स्पेनी महारथी बार्सिलोना फुटबल क्लब इङलिस टिम न्युक्यासलसँग बराबरीमा रोकिएको छ ।

न्युक्यासलको गृह मैदान सेन्ट जेम्स पार्कमा भएको खेलमा भ्रमणकारी बार्सिलोनामाथि न्युक्यासलले निकै राम्रा मुभ बनाए पनि पहिलो गोलको खाता भने ८६औं मिनेटमा खोलेको थियो ।

न्युक्यासलका लागि यो गोल हार्भि बान्सले गरेका थिए ।

हारको स्थितिमा रहेको बार्सिलोनाका लागि दोस्रो हाफको अतिरिक्त समयमा प्रतिभावान खेलाडी लामिन यामालले पेनाल्टी मार्फत गोल गरेर टिमलाई बराबरीमा ल्याएका थिए ।

दुबै टिमको यो पहिलो लेगको खेल हो । अब न्युक्यासलले बार्सिलोनाको गृह मैदानमा अर्को खेल खेल्नेछ ।

यसैगरी, आजै राति भएका अन्य खेलमा इङलिस क्लब लिभरपुल गालातासारेसँग १ – ० गोल अन्तरले पराजित भयो ।

नतिजाहरु

बार्सिलोना vs न्युक्यासल (१ – १ गोल)
गालातासारे vs लिभरपुल (१ – ०)
एटलेटिको म्याड्रिड vs टोटेनह्याम (५ – २ )
बायर्न म्युनिख vs एटलान्टा (६ – १)

आज रातिका खेलहरु

आर्सनल vs बायर्न लिभरकुसेन
पिएसजी vs चेल्सी
म्यान्चेस्टर सिटी vs रियल म्याड्रिड