९ भाद्र २०८३, मंगलवार
,
Latest
प्रधानमन्त्रीकाे चस्माबारे सांसद शाहीको टिप्पणी : ‘कालो होस् कि सेतो, काम गरे भइहाल्यो’ वर्षासँगै देशभरका विभिन्न सडकखण्ड अवरुद्ध स्वर्णजयन्ती विशेष ‘नाडा अटो साे २०२६’ काठमाडौँमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन राष्ट्रियसभाबाट विशेष सेवा ऐनसम्बन्धी विधेयक समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले पारित प्रधानमन्त्रीसँग फोहोर व्यवस्थापनबारे छलफल गर्ने मेयर्स फोरमको निर्णय,सांसद तामाङको ‘दुर्व्यवहार’ बारे पनि ध्यानाकर्षण गराउने गण्डकी प्रदेश सरकारबाट बाहिरिने एमालेको निर्णय कालो चस्मा लगाउनुपर्ने स्वास्थ्य समस्या भन्दै संसद् सचिवालयमा प्रधानमन्त्री बालेनले बुझाए मेडिकल रिपोर्ट ठेक्कापट्टामा अड्किएका गण्डकीका विकास आयोजना : वर्षौँ बित्दा पनि अधुरै गाईजात्रा नजिकिएसँगै भक्तपुरमा ताहासाका लागि बाँसको व्यापार बढ्यो सुनचाँदीको मूल्य घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

समानुपातिकतर्फ रास्वपा अग्रता, प्रत्यक्षतर्फ १२४ क्षेत्रमा विजयी



अ+ अ-

काठमाडाैँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना जारी छ। अपराह्न ३ बजेसम्म ९० लाख ८४ हजार मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीले ४३ लाख ९० हजार मत प्राप्त गरेको छ।

अन्य दलहरूको मतमा नेपाली कांग्रेस १४ लाख ७० हजार, नेपाल कम्युनिष्ट पार्टी (एमाले) १२ लाख ३१ हजार, नेपाली कम्युनिष्ट पार्टी ६ लाख ५६ हजार, श्रम संस्कृति पार्टी ३ लाख १३ हजार र राष्ट्रिय प्रजातन्त्र पार्टी २ लाख ९४ हजार मत प्राप्त गरेका छन्।

निर्वाचन आयोगको प्रविष्ट प्रणाली अनुसार जनता समाजवादी पार्टी नेपाल १ लाख ४० हजार, राष्ट्रिय परिवर्तन पार्टी १ लाख ३७ हजार, जनमत पार्टी ६२ हजार र राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता समाजवादी पार्टी तथा नागरिक उन्मुक्ति पार्टी संयुक्त रूपमा ५० हजार मत पाएका छन्।

प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ १६४ क्षेत्रमा मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका १२४ उम्मेदवार विजयी भइसकेका छन्। कांग्रेसका १७, एमालेका ७, नेपाली कम्युनिष्ट पार्टीका ७, श्रम संस्कृति पार्टीका ३, राष्ट्रिय प्रजातन्त्र पार्टीका १ र स्वतन्त्र उम्मेदवार १ क्षेत्रमा विजयी भएका छन्।

जारी मतगणनामा गोरखा क्षेत्र नं १ मा रास्वपा, इलाम क्षेत्र नं १ मा कांग्रेस र सङ्खुवासभा क्षेत्र नं १ मा एमाले उम्मेदवार अग्रस्थानमा रहेका छन्।




भर्खरै