२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

गैरनेपाली नागरिकसँग आर्थिक कारोबार नगर्न सहकारी संस्थालाई कामपाको आग्रह



अ+ अ-

काठमाडाैँ । काठमाडौँ महानगरपालिकाले सबै सहकारी संस्थालाई गैरनेपाली नागरिकसँग आर्थिक कारोबार नगर्न आग्रह गरेको छ।

कामपा सहकारी विभागका प्रमुख धुव्रकुमार काफ्लेका अनुसार, गैरनेपाली नागरिकलाई सदस्य बनाउनु सहकारी ऐन, २०७४ विपरीत रहेको छ। सहकारी ऐनको दफा ३० र काठमाडौँ महानगरपालिकाको सहकारी ऐनको दफा २० अनुसार, सहकारीमा नेपाली नागरिक मात्र सदस्य हुन सक्ने प्रष्ट व्यवस्था छ। त्यसैगरी, दफा ५० र दफा ३९ अनुसार सहकारीहरूले सदस्य केन्द्रित बचत तथा ऋण कारोबार सञ्चालन गर्नुपर्नेछ।

काफ्लेले जानकारी दिनुभयो कि लामो समयदेखि साधारणसभा प्रतिवेदन नबुझाएका सहकारीलाई खारेजी प्रक्रियामा नलगाइने छ। प्रतिवेदन पेश नभएका सहकारीलाई खारेजीमा लैजाँदा बचतकर्ताको रकम हिनामिना हुने भएकाले, पहिले प्रतिवेदन बुझाउने र त्यसपछि मात्र खारेजी प्रक्रिया अघि बढाउने निर्णय गरिएको छ।

खारेजी प्रक्रियामा आउने कुनै पनि सहकारीमा, सबैभन्दा पहिले बचतकर्ताको रकम र आर्थिक कारोबारको यकिन गरिनुपर्ने छ। कामपाले दुई महिनाअघि नै सूचनामार्फत तोकिएको समयमा प्रतिवेदन नपेस गर्ने र साधारणसभा नगर्ने सहकारीलाई निष्क्रिय घोषणा गरी कानुनी कारबाही गरिने चेतावनी दिइसकेको छ। हाल काठमाडौँमा करिब १,९०० सहकारी दर्ता छन्, जसमा अधिकांश बचत तथा ऋण सहकारी रहेको जानकारी कामपाले दिएको छ।