५ श्रावण २०८३, मंगलवार
,
Latest
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाँकेमा १३ हजार मत बदर, निर्वाचन क्षेत्र नं २ मा सबैभन्दा बढी



अ+ अ-

काठमाडाैँ  । बाँकेमा प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को क्रममा कूल १३,४४२ मत बदर भएको छ। जिल्लाको तीन निर्वाचन क्षेत्र—नं १, २ र ३—मा मतपत्रमा दुई वटा चिह्न राखिएको, ल्याप्चे हानिएको, वा छाप अनियमित रूपमा प्रयोग भएको कारणले यी मत बदर भएका हुन्।

जिल्ला निर्वाचन कार्यालय, बाँकेका प्रमुख टेकबहादुर शाहीका अनुसार, निर्वाचन क्षेत्र नं १ मा ७४,९९२ मध्ये ४,०८५, निर्वाचन क्षेत्र नं २ मा ७२,००७ मध्ये ५,३०६ र निर्वाचन क्षेत्र नं ३ मा ७४,३१० मध्ये ४,०५१ मत बदर भएको छ। यस अनुसार सबैभन्दा बढी बदर मत निर्वाचन क्षेत्र नं २ मा र सबैभन्दा कम निर्वाचन क्षेत्र नं ३ मा परेको देखिन्छ।

जिल्लामा तीन लाख ५०,३७१ मतदाता रहेका छन् भने दुई लाख २१,३०९ मत खसेका थिए। तुलनात्मक रूपमा, २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा बाँकेमा १५,३३५ मत बदर भएका थिए।

समानुपातिक तर्फको परिणाममा बाँकेको निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी चुनाव चिह्न) ले सबैभन्दा बढी ३४,३८२ मत पाएको छ। त्यसैगरी नेपाली कांग्रेस (रुख) १४,२२४ मतसहित दोस्रो र नेकपा (एमाले) (सूर्य) १०,३२० मतसहित तेस्रो स्थानमा छन्। अन्य दलहरूमा नेपाली कम्युनिष्ट पार्टी ले ५,८४३ र राष्ट्रिय प्रजातन्त्र पार्टी ले ४,२८४ मत प्राप्त गरेको छ।

 




भर्खरै