५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कञ्चनपुरमा प्रतिनिधिसभा निर्वाचनमा ६.८५ प्रतिशत मत बदर



अ+ अ-

काठमाडाैँ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा कञ्चनपुरमा ६.८५ प्रतिशत मत बदर भएको छ। जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले जानकारी दिएको छ।

निर्वाचन क्षेत्र नम्बर १ मा ६० हजार ७८५ मत खसेकोमा तीन हजार ७३४ मत बदर भएका छन्। यस क्षेत्रमा कुल एक लाख एक हजार ७२४ मतदाता थिए। क्षेत्र नम्बर २ मा ६५ हजार ३४७ मत खसेकोमा चार हजार २३० मत बदर भएका छन्। यहाँ कुल एक लाख नौ हजार ५७४ मतदाता थिए।

निर्वाचन क्षेत्र नम्बर ३ मा ५८ हजार २०९ मत खसेकोमा चार हजार ६६३ मत बदर भएको छ। निर्वाचन कार्यालयका प्रमुख हरिशचन्द्र जोशीका अनुसार अधिकांश मतपत्रमा दोहोरो छाप लागेको र कतिपयमा एउटा औँठा छापसमेत पाइएको छ।

निर्वाचन आयोगले जनाएको छ कि कञ्चनपुरमा कुल तीन लाख १७ हजार ६२३ मतदाता रहेका छन् र तीनवटै निर्वाचन क्षेत्रमा ५८.६७ प्रतिशत मतदान भएको थियो।