२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भवः पूर्वअर्थमन्त्री महत
तपाईं के खोज्दै हुनुहुन्छ ?

महोत्तरीमा २० हजार मत बदर



अ+ अ-

काठमाडाैँ । प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ को मतगणना अनुसार महोत्तरीमा करिब २० हजार मत बदर भएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयले जारी गरेको अन्तिम प्रतिवेदन अनुसार जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा कुल १९,९३५ मत बदर भएको छ।

क्षेत्रगत विवरण अनुसार, महोत्तरी निर्वाचन क्षेत्र नम्बर १ मा ३,९५४ मत, क्षेत्र नम्बर २ मा ५,४४९ मत, क्षेत्र नम्बर ३ मा ५,०१० मत र क्षेत्र नम्बर ४ मा ५,५२२ मत बदर भएको मुख्य निर्वाचन अधिकृत माधवप्रसाद अधिकारीले जानकारी दिए ।

जिल्लामा चारवटा निर्वाचन क्षेत्र रहेको छ र त्यहाँ कुल ४,३१,२८२ मतदाता कायम गरिएको छ। प्रतिनिधिसभा सदस्य २०८२ को मतदानमा कुल २,६१,३४६ मतदाता मतदान गर्नुभएका थिए, जसअनुसार मतदान दर ६०.५९ प्रतिशत रहेको छ। यसमध्ये २,४१,४११ मत (९२.३७ प्रतिशत) सदर भएका छन् भने १९,९३५ मत (७.६२ प्रतिशत) बदर भएको छ।




न्यूजपोलारबाट थप समाचार
भर्खरै