१८ आश्विन २०८१, शुक्रबार
,
Latest
पूर्वराजा शाह र भुटानी राजाबीच भेट सिस्नेरी पहिरोमा ज्यान गुमाउने विद्यार्थीका परिवारलाई जनही रु दुई लाख विपद् प्रभावित पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस बहुपक्षीय र क्षेत्रीय बैठकहरूमा सुनिने र देखिनेगरी नेपालको उपस्थिति रह्योः परराष्ट्रमन्त्री राणा प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप नेपालमा सभ्यतासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन शुरु मन्त्री भण्डारीद्वारा खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी अवरुद्ध चार राजमार्ग आईतवारसम्ममा खुल्ने, विपी राजमार्ग दशैँअघि नखुल्ने विश्वकप एसिया छनोटको उद्घाटन खेल नेपालले थाइल्याण्डसँग खल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्रमण वर्ष सफल पार्न कार्यक्रम गरिने



अ+ अ-

भक्तपुर । सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित शुरु गर्न लागेको नेपाल भ्रमण वर्ष २०२० अभियानलाई सफल पार्न भक्तपुर नगरपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

सन् २०२० जनवरी १ का दिन भक्तपुर नगरपालिकाले नगर प्रवेश गर्ने पर्यटकलाई स्वागत गरेर भ्रमण वर्ष अभियानको शुरुआत गर्ने नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिनुभयो । उहाँले पर्यटन वर्षमा भूकम्पले क्षति पुर्याएका ११६ सम्पदामध्ये ९३ वटा सम्पदा पुनःनिर्माण सम्पन्न भइसकेको जानकारी दिँदै लोपोन्मुख सम्पदाको पुनःनिर्माण र संरक्षण कार्यलाई प्राथमिकता, सम्पदा क्षेत्रमा नियमित सरसफाइ, मर्मतसम्भार र झल्लर राख्ने व्यवस्था एवं निजी आवासीय घरलाई परम्परागत शैलीमा निर्माण गर्न अनुदानको व्यवस्था गरेको बताउनुभयो ।

“नेपाल भ्रमण वर्ष लाई लक्ष्य गरी चैत ४ देखि ८ गतेसम्म भक्तपुर महोत्सव २०७६ गर्ने भएका छौं, त्यसको आवश्यक तयारीमा जुटिरहेका छौँ”, नगरप्रमुख प्रजापतिले भन्नुभयो–“रात्रीकालीन पर्यटन विकास गर्न पर्यटकीय क्षेत्र तथा सम्पदा स्थलमा सौर्य र बिजुली बत्तीको व्यवस्था, पर्यटक बसपार्क, सूचना केन्द्र र स्तरीय शौचालय निर्माण गरिसकेका छौँ ।”

नगरपालिकाले स्थानीय पथप्रदर्शकलाई तालीम प्रदान गरी अझ व्यवस्थित, मर्यादित र आधिकारिक सूचना प्रदान गर्न स्थानीय पथप्रदर्शक परिचालन समितिमार्फत व्यवस्थापन गरिरहेको बताउनुहुँदै नगरप्रमुख प्रजापतिले नगरको सरसफाइ र हरियाली प्रवद्र्धनलाई विशेष महत्व दिइरहेको बताउनुभयो ।

नगरपालिकाले नेपाल भ्रमण वर्ष २०२० अभियान सफल पार्न गर्ने अभियानका बारेमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं नेपाल भ्रमण वर्ष २०२० मूल आयोजक समितिका अध्यक्ष योगेश भट्टराईलाई जानकारीसमेत गराइएको छ ।