२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारी सेवासुविधा सामाजिक सेवामा प्रयोग गर्ने उपाध्यक्ष डोल्माको घोषणा



अ+ अ-

काठमाडाैँ । अन्तरराष्ट्रिय महिला दिवसका अवसरमा महाङ्काल गाउँपालिकाकी उपाध्यक्ष डोल्मामाया गोलेले आफूले राज्यबाट पाउने तलब–भत्ता नलिने र सरकारी सवारीसाधन सामाजिक सेवामा प्रयोग गर्ने घोषणा गरेकी छन् ।

उपाध्यक्ष गोलेले महिला दिवसका अवसरमा सार्वजनिक सन्देश जारी गर्दै अबदेखि आफूले राज्यबाट पाउने मासिक तलब–भत्ता नलिने निर्णय गरेको बताइन् । उनका अनुसार उक्त रकम ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, महिला, किसान, शिक्षक, युवा तथा स्वास्थ्य स्वयंसेविकालगायत समुदायका आवश्यक क्षेत्रमा सहयोगका रूपमा खर्च गरिने छ ।

त्यसैगरी, आफूले प्रयोग गर्दै आएको सरकारी सवारीसाधनलाई पनि सामाजिक सेवामा प्रयोग गर्ने घोषणा गर्नुभएको छ । परिवारमा सहारा नभएका ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका अति विपन्न नागरिकलाई पालिका तथा वडा कार्यालयमा सेवा लिन आउन–जान सहज बनाउने उद्देश्यले सवारी उपलब्ध गराइने उनले जानकारी दिइन् । उनले भनिन्, “विशेषगरी मासिक वृद्धभत्ता लिन पालिका केन्द्रस्थित बैङ्कसम्म पुग्न कठिनाइ भोगिरहेका नागरिकलाई मैले प्रयोग गर्दै आएको सरकारी सवारीसाधन प्रयोग गर्दा थप सहज हुनेछ । यस्ता कुनै समस्या परेमा खुलेर भन्नुस् तपाईंको आपत्–विपत्, दुःख–पीडामा मसँगै रहनेछु ।”

महाङ्काल गाउँपालिका महिला तथा बालबालिका शाखाले सम्बन्धित वडाअध्यक्ष, जनप्रतिनिधि एवं सचिव र स्वास्थ्य स्वयंसेविकाहरूसँग समन्वय गरेर यो सेवा लिनसक्ने पनि उनले जानकारी दिइन् । उनका अनुसार यो सेवा गाउँपालिकाभित्रका नागरिकले मात्र उपयोग गर्न पाउने व्यवस्था गरिने छ । गोलेले नागरिकलाई सम्बोधन गर्दै आपत्–विपत् र दुःखमा सधैँ साथ रहने प्रतिबद्धता व्यक्त गर्दै आफ्नो निर्णय जनसेवा र सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धताका रूपमा रहेको बताइन् ।