५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

ढोरपाटन महिला भलिबल १६ माघदेखि सुरु



अ+ अ-

ढोरपाटन क्लबको आयोजनामा हुने ढोरपाटन महिला डबल भलिबल लिगको १५औँ संस्करण आगामी माघ १६ गतेदेखि सुरु हुने भएको छ । ढोरपाटन क्लबले बिहीबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता माघ १६ देखि २८ गतेसम्म हुने जानकारी दिएको हो । लिगमा काठमाडौं का ८ र उपत्यका बाहिरका ४ गरी कुल १२ टिमले प्रतिस्पर्धा गर्नेछन् । नेपाली महिला भलिबलकै सर्वाधिक नगद पुरस्कार राशिको ढोरपाटन लिगको कुल बजेट ५१ लाख रहेको आयोजकले जनाएको छ ।

जसमा विजेताले ४ लाख ५ हजार, उपविजेताले २ लाख ५ हजार र तेस्रो हुनेले १ लाख ५ हजार पाउनेछन् । यस्तै चौथोले ७५ हजार, पाँचौँले ५५ हजार र छैटौँले ४५ हजार नगद पाउनेछन् । यस्तै उत्कृष्ट ३ खेलाडीले स्कुरटर प्राप्त गर्नेछन् भने एक जना भाग्यमानी दर्शकले मोटरसाइकल प्राप्त गर्नेछन् । ग्रेट अचिभमेन्ट अवार्ड स्वरुप एक खेलाडीले पनि मोटरसाइकल पाउनेछन् । लिगको उत्कृष्ट खेलाडी, वर्ष खेलाडी र उदयमान खेलाडीले भने स्कुटर पाउनेछन् ।

विभागीय टोली एपीएफ यस लिगको साविक विजेता हो । अहिलेसम्म एपीएफले सर्वाधिक ६ पटक उपाधि जित्दा पोखराको ज्ञानुबाबाले ५ पटक, नेपाल पुलिस त्रिभुवन आर्मी र रिड कलेजले १(१ पटक उपाधि जितेका छन् । राष्ट्रिय खेलकुद परिषद्को समन्वय, नेपाल भलिबल संघको संयोजकत्व रहेको लिगलाई सान मिगलले मुख्य प्रायोजन गरेको छ । यस्तै युएम स्कुटीको सहप्रायोजन छ ।