१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता

नेपाली महिला : एक सुषुप्त ज्वालामुुखी

नेपाली महिला : एक सुषुप्त ज्वालामुुखी
अ अ+ अ-

त्रिविजस्तो प्राज्ञिक थलोमा हिंस्रक पितृसत्तात्मक सोच र सामन्तवाद हाबी हुनु गलत हो, ‘त्रिविभित्रको भालेवाद’ सच्चिनुको विकल्प छैन

मलाई लाग्छ, हरेक नेपाली महिलाभित्र एउटा सुषुप्त ज्वालामुखी छ । बाल्यकालदेखि परिवार, विद्यालय र विश्वविद्यालयमा पढ्दासम्म भोगेका विभिन्न दुव्र्यवहार खातमाथि खात भएर हाम्रा मनका ‘म्याग्मा च्याम्बर’हरूमा विद्रोहको लाभा भरिँदै जाने रहेछ । त्यसमाथि झन् एउटा निश्चित अनुभव, क्षमता र उच्च शिक्षा प्राप्त गरिसकेपछि पनि कार्यक्षेत्रमा समेत दुव्र्यवहार भोग्नुपर्दा त्यो सुषुप्त ज्वालामुखी विस्फोट हुने रहेछ ।

म अहिले त्यही विस्फोटनको प्रक्रियामा छु । मभित्रका विद्रोहका लाभा अब भित्र अडिन नसकेर बाहिर निस्किरहेछन्, ती कहिले सामाजिक सञ्जालमा त कहिले सम्बन्धित पदाधिकारीसामु पोखिन्छन् । अहिलेको यो लेख पनि त्यही ज्वालामुखीको रापको बलले निस्किएको हो । तर, बाहिर विस्फोट हुन सक्नु पनि एउटा सहुलियत नै रहेछ, जो सबैसँग उपलब्ध हुँदैन । बाहिर विस्फोट हुन नसकेका ज्वालामुखीरूपी महिला भित्रभित्रै कतै आफैँ भस्म त भइरहेका छैनन् ?

गत साता त्रिवि कीर्तिपुुर परिसरभित्र मैले दुव्र्यवहार भोगेँ । यस्तो किसिमको दुव्र्यवहार महिलाले दिनहुँ भोग्छन् । हामी नेपाली महिलाले भोगेका दुव्र्यवहारको शृंखला अन्त्यहीन छ । यो कहाँबाट सुरु भयो र कहाँ गएर टुंगिन्छ, यसै भन्न सकिने आधार छैन । मैले विद्यालयमा भोगेँ, चुप बसेँ । मैले फेरि दुव्र्यवहार भोगेँ, नेपालका एक कथित पाका महान् संगीतकारबाट, जसकोमा म निरन्तर संगीत सिक्न जान्थेँ । मैले फेरि पनि भोगेँ, आफ्नो पहिलो काम गर्ने थलोमा, जहाँ म एक स्वयंसेवक शिक्षकका रूपमा काम गर्ने गर्थें ।

यी सब घटनाले मलाई धेरै पीडा दिए । म लामो समयसम्म एक मानसिक अवसादमा फसेँ । अझै पनि यी घटनाको सम्झना हुँदा पीडा हुन्छ । ‘तिमी किन बोलेनौ’ ? हिंसापीडित महिलालाई प्रायः सोधिने प्रश्न हुन् यी । तर, हामीमध्ये कतिले बुझेका छौँ, सबै महिला बोल्न सक्ने स्थितिमा हुँदैनन् ।

महिलाले आफूमाथि हिंसा भएको बुझ्ने र बोल्न सक्ने भए पनि हाम्रो समाजमा हिंसापीडितलाई हेर्ने दृिष्टकोण सकारात्मक छैन । लैंगिक हिंसालाई म शक्ति सम्बन्धसँग जोडेर हेर्छु, र हाम्रो समाजमा केही सकारात्मक परिवर्तन हुँदाहुँदै पनि लगभग सबै सामाजिक संरचना र संस्थामा पुरुष नै शक्तिकेन्द्रमा रहेका हुनाले महिला पुरुषको तुलनामा हिंसाको बढी जोखिममा छन् । र, जब हिंसापीडित महिला आफूमाथि भएको दुव्र्यवहारबारे बोल्छन्, समाजमा उनीहरूकै चरित्रमाथि प्रश्न गरिन्छ ।

अनि त्यो हिंसा भोग्नुमा उनीहरू नै जिम्मवार भएजस्तो गरी ‘यसो गरेको भए त्यस्तो हुँदैनथ्यो’ भनेर पीडितमाथि झन् दोहोरो मानसिक हिंसा हुन्छ । त्यति मात्र नभई पीडकले घटनाको पुनव्र्याख्या यसरी गर्छन्, जसले सुन्ने अन्य मानिसलाई पीडितकै गल्ती हो जस्तो लाग्छ । यसलाई ‘ग्यास लाइटिङ’ भनिन्छ । यसको परिणाम वरिपरिका सुन्ने मानिस पीडितको ‘मानसिक सन्तुलनमाथि प्रश्न गर्न थाल्छन् । अनि जब पीडितले आफूविरुद्ध भएको अन्यायबारे कुरा अगाडि राख्छन्, त्यसका कारण उल्टै पीडक आफैँले आफ्नो सामाजिक प्रतिष्ठा र मानसिक शान्ति गुमाएको आरोप पीडितमाथि लगाउँछ ।

अनि मानिसलाई पीडकप्रति नै सहानुभूति जाग्न थाल्छ । यो पीडकले अपनाउने एक मनोवैज्ञानिक हतियार हो । म एक मध्यम वर्गीय परिवारकी ४० वर्षीया महिला हुँ । प्रवासमा संघर्ष गरी दुई छोरा हुर्काउँदै विद्यावारिधिसम्मको शिक्षा पूरा गरी यही वर्ष एउटा उत्साहसाथ नेपाल फर्किएँ । मलाई चिन्ने मान्छेलाई थाहा छ, म एक दशकभन्दा बढी समय समाजशास्त्र र लैंगिक अध्ययनसँग सम्बन्धित विभिन्न विषय पढाउँछु । महिलाविरुद्ध हुने हिंसामा म लामो समयदेखि अनुसन्धान र पैरवीमा संलग्न छु ।

अरूको नजर र म स्वयं आफैँले मूल्यांकन गर्दा म हरेक हिसाबले एक सशक्त महिला हुँ । तर, गत साताको घटनाले मलाई म नेपाली समाजकै एक प्रतिनिधि महिला हुनुको ऐना देखाइदिएको छ । किनकि, म यतिन्जेल अरूका लागि बोलिरहेकी थिएँ । त्रिविभित्र हुने विभिन्न किसिमका दुव्र्यवहार अन्त्य हुनुपर्छ र यसलाई कम गर्न कडा नियम हुनुपर्छ भनेर सहकर्मीसँग मिलेर विभिन्न कार्यक्रमको संयोजन गरिरहेकी थिएँ ।

गत वर्ष त्रिविका विद्यार्थीमाथि विश्वविद्यालयका प्राध्यापकबाट दुव्र्यवहार भएको मिडियामा आयो । पीडितले उजुरी गर्ने सम्बन्धित निकाय नहुँदा, मिडियामा आउनु उहाँहरूको बाध्यता थियो । आरोपित मैले सम्मान गर्ने व्यक्ति थिए, जसलाई म राम्रोसँग चिन्थेँ । तर, मेरो नैतिक दायित्वले चुप बस्न दिएन । त्यतिखेर म विद्यावारिधि गर्ने क्रममा देशबाहिर थिएँ । मैले त्यतिखेर सम्बन्धित विभागका सिनियर विद्वान्लाई यस विषयमा केही गर्न अपिल पनि गरेँ, यो त्यतिखेरको कुरा हो जब पीडितले विभागको नाम पनि खुलाएका थिएनन् ।

मैले ती विद्यार्थीलाई चिन्थेँ र म बोलेँ, किनकि मेरो बुझाइमा यस्ता कुरामा चुप बस्नु भनेको यसको मौन समर्थन गर्नु हो । त्यस घटनापछि त्रिविभित्र यस विषयमा लामै बहस भएको छ ।राष्ट्रिय तहमा नेपालमा कार्यस्थलभित्र हुने विभिन्न किसिमका दुव्र्यवहारलाई नियमन गर्न कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) ऐन, २०७१ आएको छ । ऐनअनुसार हरेक कार्यक्षेत्रका आआफ्नै नियम हुनु अत्यन्त जरुरी छ ।

यसैलाई आत्मसात् गर्दै त्रिविको समाजशास्त्र विभाग र लैंगिक अध्ययन विभागमा संलग्न केही प्राज्ञको पैरवीको फलस्वरूप तत्कालीन कायममुकायम उपकुलपति प्राडा सुधा त्रिपाठीको विशेष सक्रियतामा यही वर्ष दसैँअगाडि नै एउटा समिति बनेको थियो । त्यस समितिसँग सम्बन्धित विषयमा विज्ञहरूसँग छलफल गरेर त्रिविमा विभिन्न किसिमका दुव्र्यवहार न्यूनीकरण गर्न र पीडितलाई न्याय दिने निकाय गठन गर्न सक्ने म्यान्डेट थियो । तीन महिना कार्यकाल रहेको यो समिति करिब पाँच महिना बितिसक्दा पनि निष्क्रिय नै रहेको देखिन्छ ।

जब ममाथि दुव्र्यवहार भयो, धेरैलाई त त्यो सानोतिनो घटना भन्ने नै लागेको रहेछ । तर, मेरा लागि त्यो सानो घटना थिएन । त्यस दुव्र्यवहारले मलाई शारीरिक चोट त पु¥यायो नै, त्योभन्दा बढी मेरो आत्मसम्मानमा ठेस पुग्यो । तर, मलाई पीडाभन्दा रिस नै बढी उठ्यो । मैले तत्काल पीडकले मलाई जे ग¥यो, त्यही गर्न सक्थेँ पनि होला । तर, आफूभन्दा निकै जेठो र अनुभवी व्यक्तिलाई त्यसो गर्न सक्ने शक्ति हामीमा हुन्न ।

मेरा लागि मैले पढेको विषय समाजशास्त्र र लैंगिक अध्ययन, फगत बुद्धिबिलासका लागि होइन । म आफू मेरो व्यक्तिगत र व्यावसायिक जीवनलाई कसरी अघि बढाउँछु भन्ने एउटा मार्गदर्शन पनि हो । हिंसामा पर्ने व्यक्ति सबैले व्यक्तिगत लडाइँ लड्न सक्दैनन् । र, म आफूले पनि त्यही समाधान खोज्नु भनेको मेरो विद्वत्तामाथि नै प्रश्न उठाउनु हो । मलाई थाहा थियो, त्रिविभित्र कुनै त्यस्तो नियम छैन, जसको सहारा लिएर मैले न्याय खोज्न सकूँ । तर, नियम भएन भन्दैमा पीडितहरू सधैँ चुप बस्न नहुने रहेछ । मेरो अनुभवले मलाई यही सिकायो । नियमन भएका ठाउँमा पनि हामीले औपचारिक रूपले न्याय खोज्यौँ भने त्यो आफैँमा नजिर पनि बन्ने रहेछ ।

यही सोचेर मैले सम्बन्धित विभागमा लिखित निवेदन दिएँ । आफूसम्बद्ध विभागका प्रमुखलाई पनि औपचारिक जानकारी गराएँ । यसबीच धेरै साथीभाइ र मिडियाकर्मीले सामाजिक सञ्जालमा मैले लेखेको विषयलाई आधार बनाएर घटनाको जानकारी माग्नुभयो । तर, मैले आरोपित व्यक्तिको नाम कुनै पनि सामाजिक सञ्जाल र व्यक्तिगत कुराकानीमा खुलाइनँ । मेरो लडाइँ व्यक्तिविरुद्धभन्दा पनि प्रवृत्तिविरुद्ध लक्षित थियो । गत शुक्रबार सम्बन्धित विभागको बैठक बस्यो । मलाई पनि विभागीय प्रमुखले बोलाउनुभएकाले उपस्थित भएँ । हामी दुवै पक्षले एक–अर्काका कुरा सुन्यौँ र उहाँले आत्मालोचना गरेपछि मलाई न्याय मिलेको अनुभूति भयो ।

त्यसपछि हामीले अबका दिनमा हाम्रो पेसागत सम्बन्धलाई सम्माननीय र सुमधुर रहने प्रतिबद्धता गर्यौं । मलाई गर्व छ, त्यो बैठकमा उपस्थित सहकर्मीप्रति जसले सम्मानजनक वातावरणमा यो समस्यालाई समाधान गर्न सहयोग गर्नुभयो । थाहा छैन, त्रिविका कति विभागभित्र यो सम्भव छ, नेपालकै कति कार्यालयभित्र सम्भव छ ? सबै पीडामा परेकाहरू मैले जसरी बोल्न सक्ने स्थितिमा हुँदैनन् । मजस्तै बोल्न सक्ने भए पनि विनानियम, विनाकानुन कसैले न्याय पाउँदैनन् । फेरि त्यसमाथि आधाभन्दा बढी दुव्र्यवहारका घटना नियम बनेपछि कारबाही हुने डरले त्यसै पनि कम हुन्छन् ।

कार्यस्थलमा हुने विभिन्न दुव्र्यवहारको अधिकांश सिकार महिला नै हुने गर्छन् । तर, यसो भनिरहँदा सीमान्तकृत अवस्थामा रहेका पुरुष पनि त्यत्तिकै जोखिममा हुन्छन् भन्ने बिर्सन मिल्दैन । त्यसमाथि नेपालमा अधिकांश कार्यक्षेत्र अनौपचारिक छन्, अव्यवस्थित छन् । पेसागत मर्यादाभित्रका सम्मानित व्यवहार के–के हुन् भनेर व्यापक छलफल हुनु जरुरी छ । यसका लागि विशेषगरी शिक्षित पेसाकर्मीले आफैँ पनि अध्ययन गर्नु जरुरी छ । उच्च शिक्षा प्राप्त व्यक्तिले मैले थाहा नपाएर दुव्र्यवहार गरेको रहेछु भन्न सुहाउँदैन । र, यी कुरा बुझाउने मजस्तो भुक्तभोगीको जिम्मेवारी पनि होइन ।

यो घटना मेरा लागि पीडादायी भए पनि त्यसबाट केही सकारात्मक परिणाम आएको छ । हुन त मैले जेजति बोलेँ, गरेँ, केही मानिसले मैले आफ्नो पैरवीका लागि ‘उत्पादित पीडित’ खोजेँ भन्ने आरोप पनि लगाए । आफ्नो नियमित प्राध्यापन, अनुसन्धानलगायत घरपरिवारलाई व्यवस्थापन गर्न गाह्रो भइरहेको म एक व्यस्त पेसाकर्मीको फुर्सद कसरी देखे मलाई थाहा छैन । माफ गर्नुस् महोदय, फुर्सद भए म छोराहरूसँग खेलेर बस्छु । मैले यस विषयमा गर्ने पैरवी मेरो प्राज्ञिक दायित्वको एउटा पाटो हो ।

म त्रिविमा कार्यरत एक महिला प्राज्ञको हिसाबले भन्न चाहन्छु, त्रिवि महिला विद्यार्थी, कर्मचारी र प्राज्ञका लागि अझै पनि सम्मानजनक बन्न सकेको छैन । त्रिविले महिलाको संख्या बढाउन गरेको रिजर्भेसन प्रशंसायोग्य छ । महिलाको संख्या बढाउने तर महिलालाई सम्मानजनक वातावरणमा आफ्नो काम गर्ने वातावरण नहुनु दुःखको कुरा हो । त्रिविजस्तो प्राज्ञिक थलोमा हिंस्रक पितृसत्तात्मक सोच र सामन्तवाद हाबी हुनु गलत हो र यसमा हामी सबैले आत्मालोचना नगरी सुखै छैन । मेरा एक पुरुष सहकर्मीले भनेअनुसार ‘त्रिविभित्रको भालेवाद’ सच्चिनुको विकल्प छैन । नयाँ पत्रिकाबाट