१३ असार २०८३, शनिबार
,
Latest
गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने भेनेजुएलाको भूकम्पमा ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित आगामी तीन दिन भारी वर्षाः कोशी र मधेसमा विशेष सतर्कता अपनाउन आग्रह प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख दुर्घटनामा मृत्यु निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले लिए सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुगुमा कांग्रेसका शाही विजयी



अ+ अ-

काठमाडाैँ । प्रतिनिधिसभा सदस्यको निर्वाचनमा मुगुमा नेपाली कांग्रेसका खडकबहादुर शाही निर्वाचित भएका छन् । मुख्य निर्वाचन अधिकृत मीनबहादुर कुँवरका अनुसार शाहीले सात हजार ९१४ मत प्राप्त गरेका छन् ।

शाहीका निकटतम प्रतिष्पर्धी नेकपा (एमाले)का पूर्णबहादुर रोकायाले छ हजार ७१८ मत प्राप्त गर्नुभयो भने नेपाली कम्युनिस्ट पार्टीका चन्द्रबहादुर शाहीले पाँच हजार ५५८ मत प्राप्त गरेका हुन् ।

यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका भुवन टमटाले ५३०, राष्ट्रिय प्रजातन्त्र पार्टीका बलबहादुर मल्लले २०३, प्रगतिशील लोकतान्त्रिक पार्टीका ऐटन मल्लले २२ र नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का रंगवीर परियारले २८० मत प्राप्त गरे।

जिल्लामा ३६ हजार ३१ मतदाता रहेकामा २२ हजार ११५ मत खसेको थियो । कांग्रेसका शाही नेपाली काङ्ग्रेस मुगुका पूर्व पार्टी सभापति छन् ।