५ श्रावण २०८३, मंगलवार
,
Latest
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे
तपाईं के खोज्दै हुनुहुन्छ ?

भक्तपुर क्षेत्र नं २ मा समानुपातिकतर्फको मतगणना सम्पन्न



अ+ अ-

काठमाडाैँ । यही फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत भक्तपुर क्षेत्र नं २ मा समानुपातिक तर्फको मतगणना सम्पन्न भएको छ । आज सम्पन्न मतगणनाको अन्तिम मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ४३ हजार ३२२ मत ल्याएर पहिलो बनेको मतदान अधिकृत राधिका सुवालले जानकारी दिइन् ।

नेपाली कांग्रेसले आठ हजार ७७८, नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आठ हजार ३९०, नेमकिपाले तीन हजार ५२१, नेपाल कम्यनिष्ट पार्टी (नेकपा) ले एक हजार ९३०, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले दुई हजार ८३२, श्रम संस्कृति पार्टीले एक हजार ७५ मत प्राप्त गरेका छन् ।त्यसैगरी भक्तपुर क्षेत्र नं १ मा आज बिहान ११ः०० बजेदेखि समानुपातिकतर्फको मतगणना सुरु भएको छ । दिउँसो १ः०० रास्वपाले ११ हजार ७११ मत ल्याएर पहिलो बनेको जिल्ला निर्वाचन कार्यालय भक्तपुरका सूचना अधिकारी भीम बिसीले जानकारी दिइन् ।

त्यस्तै नेपाली कांग्रेसले एक हजार ५६५, नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले एक हजार ६५, नेमकिपाले तीन हजार ६५४, नेपाल कम्यनिष्ट पार्टी (नेकपा) ले ३२७, राप्रपाले ७३१, श्रम संस्कृति पार्टीले १९२ मत प्राप्त गरेका छन् । क्षेत्र नं १ मा मतगणना जारी रहेको उनले जानकारी दिइन् ।




भर्खरै