२३ श्रावण २०८३, शनिबार
,
Latest
सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक निर्माणले गति लिन्छ : मन्त्री लम्साल सङ्घीयता र समावेशितामाथि आक्रमण भए सशक्त प्रतिकार गर्ने ‘अग्रगामी मोर्चा’को चेतावनी मुलुकको संकट समाधान र अग्रगमनका लागि नयाँ मोर्चाको विकल्प छैनः अध्यक्ष प्रभु साह ‘अग्रगामी मोर्चा’को अवधारणा सार्वजनिकः २८ बुँदे लक्ष्य र सांगठनिक संरचना प्रश्ताव अग्रगामी मोर्चा सत्ता प्राप्तिका लागि होइन, संविधानवादको रक्षाका लागि होः चन्द्रकान्त राउत वैशाख यता विपद्‌बाट २०५ जनाको मृत्यु ‘सिजेरियन’ सेवा ठप्प हुँदा तेह्रथुमका गर्भवतीलाई छ घण्टाको यात्रा भारतमा बस दुर्घटना, आठ जनाको मृत्यु कांग्रेसको १५औँ महाधिवेशन तोकिएकै समयमा हुन्छ : महामन्त्री पौडेल पहिरोले तातोपानी नाका अवरुद्ध हुँदा आयात–निर्यात ठप्प
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी सैन्य कारबाहीमा इरानी नौसेनालाई ठूलो क्षति, ४२ जहाज ध्वस्त



अ+ अ-

काठमाडाैँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्ला तीन दिनको अवधिमा अमेरिकी सेनाले इरानका ४२ वटा नौसैनिक जहाज नष्ट गरेको दाबी गरेका छन् । फ्लोरिडा राज्यको डोराल शहरमा आयोजित ‘शील्ड अफ द अमेरिकाज समिट’ कार्यक्रममा पश्चिमी १२ देशका नेताहरूलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

ट्रम्पका अनुसार हालै गरिएको सैन्य कारबाहीका क्रममा अमेरिकी सेनाले इरानको नौसेनालाई ठूलो क्षति पु¥याएको छ । उहाँले इरानको हवाई शक्ति कमजोर पारिएको तथा देशको मुख्य सञ्चार तथा दूरसञ्चार प्रणाली समेत ठप्प पारिएको दाबी गरे । ट्रम्पले आफ्नो सम्बोधनमा अमेरिकी कारबाहीपछि इरानको नौसेना प्रभावहीन बनेको छ र सैन्य तथा सञ्चार संरचनामा गम्भीर असर परेको बताए ।

यसअघि फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानविरुद्ध ‘ठूलो सैन्य अभियान’ सुरु गरेको बताउनुभएका थिए । उक्त अभियानपछि क्षेत्रीय तनाव तीव्र रूपमा बढेको छ । इरानले त्यसको प्रतिकारस्वरूप मध्यपूर्व क्षेत्रमा रहेका अमेरिकी र इजरायली लक्ष्यहरूमा लगातार प्रतिआक्रमण गरिरहेको बताइएको छ ।

अर्ध–सरकारी तस्निम समाचार एजेन्सीका अनुसार पछिल्लो एक साताको अवधिमा इरानी सेनाले करिब ६०० वटा मिसाइल प्रहार गरेको छ भने करिब दुई हजार ६०० वटा ड्रोन प्रयोग गरी आक्रमण गरेको जनाएको छ । ती आक्रमणहरू अमेरिका र इजरायलसँग सम्बन्धित करिब २०० सैन्य तथा रणनीतिक लक्ष्यहरूमा केन्द्रित रहेको बताइएको छ ।

विश्लेषकहरूका अनुसार अमेरिका, इजरायल र इरानबीच बढ्दो सैन्य गतिविधिले मध्यपूर्व क्षेत्रको सुरक्षा अवस्था झन् संवेदनशील बनाएको छ । पछिल्ला घटनाक्रमले क्षेत्रीय द्वन्द्व थप फैलिने जोखिम बढाएको भन्दै अन्तर्राष्ट्रिय समुदायले परिस्थितिलाई नजिकबाट नियालिरहेको बताइएको छ ।