५ श्रावण २०८३, मंगलवार
,
Latest
हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाजुरामा कांग्रेसका गिरी विजयी



अ+ अ-

काठमाडाैँ । यही फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा बाजुराबाट नेपाली कांग्रेसका उम्मेदवार जनकराज गिरी १७ हजार १७३ मतसहित निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार लालबहादुर थापालले १६ हजार ६३३ मत ल्याएको मुख्य निर्वाचन अधिकृत सञ्जीव पोखरेलले जानकारी दिए ।

मुख्य निर्वाचन अधिकृत पोखरेलका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का हेमराज थापाले छ हजार ३५, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का प्रकाशबहादुर शाहले तीन ४२८, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केशरबहादुर शाहीले ३५२, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का भूपेन्द्र विकले ३३३ मत प्राप्त गरेका थिए ।

यहाँ ८७ हजार ८६१ मतदाता रहेकामा ४५ हजार ३९० मत खसेको थियो । खसेको मतगणना गर्दा ४३ हजार ८९६ मत सदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले जनाएको छ ।




भर्खरै